रामकाजी कोने नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा

दिलिप घिमिरे · पौष २२, २०८२ ८:०५ PM
Cover Image for News

झापा २२पुस/नेपाल मुक्तक प्रतिष्ठान,केन्द्रीय समिति काठमाडौँको आज राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 
प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ । 

यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्रा. डा. लक्ष्मणप्रसाद गौतम प्रतिष्ठानको सल्लाहकारमा यथावत् रहनुभएको छ । सभाले निशा के. सी. लाई मिशिगन राज्य, अमेरिकाको च्याप्टर निर्माण गर्न जिम्मेवारी दिएको छ ।
 साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा के. सी. ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । 
 प्रतिष्ठानले आगामी २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिकोत्सव मनाउने पनि जनाएको छ।

ट्यागहरू:
साहित्य #मुक्तक#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।