रोहिणि रसिकको कविता समयको उद्गार

रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी · कार्तिक २९, २०८१ ८:५३ PM
Cover Image for News


छन्द:- शार्दूलविक्रीडित
गाँठो खोल हुनेहरू समयले भन्दैछ  खोले हुने
मीठो बोल छुसीहरू समयले भन्दैछ बोले हुने
माया घोल  हुनेहरू समयले  भन्दैछ घोले हुने
सारा एक  भएर  आर्त जनका छ्न् पाद मोले हुने।

झोले झुण्ड अनेक वाद गुटका फ्याँकेर आए हुने
खोटा गर्जन जात भात रङका  च्यातेर आए हुने
यो बेला  हतियार होइन यहाँ चाहिन्छ सद्भावना
सेवाभाव दया खिपेर ममता नि:स्वार्थ छाए हुने।

बाला यौवन प्रौड बिस्मित बुढा छन् शोकमा  सौहृद
गुम्दा काख, मियो, दियो  हृदयको वात्साल्य साथी खुद
लागी चुप्प बसेर हुन्न यसरी ठानेर लागे हुने
आमा मुर्छित छिन् बुवा द्रवित छन् जानेर जागे हुने

आस्था आश सुवास साख घरका खाँबा ढले पोखिए
माटोभित्र लुके सुयोग्य प्रतिभा  संभावना छोपिए
गालीले घर टाल्न दिन्छ न कुनै सौहार्द आलम्बन
यो बेला नहुने हुने सब सँगै जुटे हुने होइन?

चिन्ता ग्रस्तछ काठमाण्डु अहिले  काभ्रे बनेपा धुनी
उस्तै धार्दिङ दाङ पाँचथर  झन् खोटाङ  पाढाजुगी
आआफ्नै स्थिति स्थानबाट सबले सेवा गरौं  भन्दछ
टेवा  साथ  सहायता  समयले साझा गरौं भन्दछ।

खोलौँ हात अँगालिऔँ र कसिला मुट्ठी उठाऔं अब
भत्केका असरल्ल मार्ग कति छन् जम्मै बनाऔं अब
व्याधी रोक्न विपत्ति छेक्न न यहाँ सक्ने कुनै वीर छ
जागौँ लौ न छिटो भन्यो समयले अग्राएका हो उठ।

बाख्रा गोरु अनाज साधनहरू वासादि सारा खुसी
एकै साथ लग्यो सुरम्य विपना सामीप्यका उर्वशी
यो बेला तँ खुँजालको सहरको भन्ने कुरा बिर्सिई
थालौं जोड्न भनी भन्यो समयले छोडेर सङ्का इवी।

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६