प्रतिष्ठानले गर्यो कृति चर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम
प्रतिष्ठानले गर्यो कृति चर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम
१७असोज /साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा कृति चर्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा दशै,तिहार, छठ लगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा रचना वाचन गरिएको थियो ।
संस्थाकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य र प्राज्ञ पवन राजवंशीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कवि कविता शर्माको कविता संग्रह समयको बारूदको चर्चा गरिएको थियो । संस्थापक सल्लाहकार डाक्टर गोपीकृष्ण खतिवडाले पुस्तकको चर्चा गरेका थिए।
कविता शर्माले 'समयको बारुद' भित्र लामा छोटा गरी ४३ वटा कविता समेटिएका छन् ।लामा, छोटा र मझौला गरि उनका कवितामा आक्रोश भाव, विद्रोह भाव स्थिति वर्णन, व्यथा बोकेका कविता, नारीवादी कविता ,प्रेमका कविता,जीवन-दर्शन प्रकृति प्रेम आदि विषय बनाइएका कविता संङ्ग्रहित छन् समयको बारुदमा।
कार्यक्रममा कविता कृतिको विषयमा समीक्षात्मक टिप्पणी गर्दै डाक्टर खतिवडाले समयको बारुद पठनीय कृति बनेको बताए ।
कार्यक्रममा प्रलेसका झापा अध्यक्ष लिलाप्रसाद अधिकारी,गायक हस्त परियार,पुण्यप्रसाद खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा साहित्यकार भरत गुरागाई, गणेश निरौला, तुलसीप्रसाद निरौला,लीला अनमोल, प्रिन्स प्रमोद ढकाल, बिनोद खनाल, मोक्ष खतिवडा, लक्ष्मीअच्युत ढुंगाना, मधु पोखरेल ,टीका भट्टराई नेपाल, गोपाल संग्रौला,जयप्रसाद आचार्य, डिल्लीराम परदेशी, गंगा ओडारी, पर्शुराम तिम्सिना,अशोक तिवारी,पुस्पा सुबेदी नेपाल, भक्तिप्रसाद मैनाली,जय भण्डारी,कविता शर्मालगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरू सौगात घिमिरे,गृष्मादेश प्रसाई, लुना ओली,सम्बृदि ढुङ्गेल,अस्बिन भारती,अरूण भारतीलगायतले रचना वाचन गरेका थिए।
कार्यक्रममा देवी पञ्चकन्या नौमती बाजा बजाएर मनोरञ्जन प्रदान गरेका थिए। सरगम संगितालयका कलाकारले दशैसम्बन्धी नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद भट्टराईले गरेका थिए ।