७७औँ गणतन्त्र दिवसमा असम सरकारबाट पत्रकार अधिकारी सम्मानित

दिलिप घिमिरे · माघ १४, २०८२ ९:५२ PM
Cover Image for News

नेपाल १० माघ/असम गोर्खा डिजिटल पत्रकार संघका उपदेष्टा तथा प्रिन्ट मिडिया पत्रकार खिलानाथ अधिकारी ७७औँ गणतन्त्र दिवसको अवसरमा विशेष सम्मानबाट सम्मानित भएका छन्।। 
असम र अरुणाचल प्रदेशको सिमावर्ती क्षेत्र जाँगुन ९ माइल निवासी अधिकारीलाई असम सरकारको Margherita Co-District Administration को तर्फबाट पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको उत्कृष्ट सेवाको कदरस्वरूप “Excellence in Press – Margherita Co-District” सम्मान प्रदान गरिएको हो।
 ग्रामीण तहमा रहेर निरन्तर निष्पक्ष,जिम्मेवार र जनमुखी पत्रकारिता गर्दै आएका अधिकारी एक सरल सामुदायिक पत्रकार मात्र नभई एक प्रतिष्ठित साहित्यकार पनि हुन् । 

उनले भारतीय गोर्खा परिसंघ,असम प्रदेश समितिको वर्तमान मुखपत्र सम्पादकको जिम्मेवारी समेत सम्हालिरहेका छन्।यसका साथै अधिकारी विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा सक्रिय रहँदै समाज रूपान्तरणका लागि कलममार्फत योगदान दिँदै आएका सक्रिय समाजसेवी समेत हुन्।यस सम्मानले न केवल अधिकारीको व्यक्तिगत योगदानको कदर गरेको छ।
 सम्मानबाट ग्रामीण पत्रकारिता र गोर्खा समुदायको आवाजलाई पनि राष्ट्रिय स्तरमा बलियो पहिचान दिलाएको छ। 

नवयात्रा त्रैमासिक पत्रिका, कवि हरिभक्त कटुवाल विशेषाङ्‌क-१, मार्घेरिटा अंक लगायत भानु स्मारिका, भाषा, झिलिमिलि, जागुन ज्योति, जय गोर्खा, तिहार, मार्घेरिटा ज्योति, यो दशैं, सम्झौटो इत्यादि साहित्यिक र सांस्कृतिक पत्रिकाको सम्पादन गरेका छन्। 

बहुभाषामा पनि पत्रिकाहरू सम्पादन गरेका छन् ।असमीयामा गायत्री चालीसा पांचाली,हिन्दीमा जागुन दर्पण हिन्दी दिवस बुलेटिन,असमीया भाषामा हीमान्त मुखपत्र। श्रद्धाञ्जली स्मारिका (बहुभाषिक), मासिक समाचार पत्र हाम्रो वार्ता,ब्रह्मपुत्र वार्ता साझा बुलेटिन सम्पादन प्रकाशन समेत अधिकारीले गरेका छन्।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।