नवनासोले मनायो २११औं भानु जयन्ती

दिलिप घिमिरे · असार ३०, २०८१ ११:५० AM
Cover Image for News

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा २११औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका  वडा-१नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा  सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार विरेन थोक्लिहाङले भानुभक्त आचार्य पर्चा गरेका थिए ।


कार्यक्रमका विशेष अतिथि साहित्यकार विवश बलिभद्र कोइराला ले भानुभक्तको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै जसरी पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे त्यसरी नै भानुभक्तले अलग अलग राज्यमा विभाजित भाषा भाषिहरुलाई नेपाली भाषाको माध्यमबाट एकीकरण गरेको बताए ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने कार्यक्रमका विशेष अतिथि  कोइरालाको भनाइ थियोे ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ’भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

प्रतिष्ठानका आजीवन सदस्य तथा सामाजिक व्यक्तित्व कुमार खतिवडाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकारहरु लगायत कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्य पूर्णजंग चेम्जोङ,कवि विराट किराँती,सामाजिक व्यक्तित्व वेनु अधिकारी ,प्रतिष्ठानका उपाध्यक्ष टंक न्यौपाने ,सहसचिव कुमार शंकर,सदस्य सरिता चेम्जोङ,विचारी लावती लगायतको उपस्थिति रहेको थियोे ।
पिताम्बर न्यौपाने ,भिजन गुरागाईँ,प्रसंशा लकान्द्री,दिप्सन घिमिरे ,अनुष्का घिमिरे लगायतका स्रष्टाहरूले कविता तथा गीत प्रस्तुत गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू