अन्तर्राष्ट्रिय साउती हास्य व्यङ्ग्य कवि गोष्ठी सम्पन्न

खगिन्द्रा खुसी · भदौ २७, २०८३ ८:४९ AM
Cover Image for News

झापा, २७ भदौ । भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार मुक्ति प्रसाद उपाध्यायको संयोजकत्वमा साउती हास्य-व्यङ्ग्य परिवार, सिलगढी तथा लेखनाथ पुस्तकालय चन्द्रगढी, झापाको संयुक्त पहलमा लेखनाथ पुस्तकालय को आफ्नै भवनमा अन्तर्राष्ट्रिय साउती हास्य-व्यङ्‌ग्य गोष्ठी भव्यताका साथ सम्पन्न भयो । भारत र नेपालका हास्य-व्यङ्ग्य कविहरूको सहभागिता रहेको यस कार्यक्रमको अध्यक्षता साहित्यकार डा. लतिका जोशीले गरेकी थिइन् । पार्वती देवान‌को सञ्चालन एवं मुक्तिप्रसाद उपाध्याप र अग्रज साहित्यकार, गजलकार केशव आचार्यका मार्ग निर्देशनमा सन्चालित कवि गोष्ठीमा भारत र नेपालका कुल १२ जना कविहरूले सहभागिता जनाएका थिए । आयोजकको पत्रबाट साहित्यकार नवराज घिमिरे र मुक्तिप्रसाद उपाधापले श्रोताहरुलाई स्वागत जनाएपछि कविहरुको हास्यव्यङ्ग्य कविता वाचन प्रारम्भ गरियो जसमा भारतबाट जी. के शर्मा, नगिता लेप्चा राई, सरस्वती शेर्पा, सुदर्शन अम्बटे, तथा नेपालबाट केशव आचार्य, कृष्णप्रसाद मिश्र तथा नेपालबाट तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, यादव प्रसाद अधिकारी 'झाँकीखोले', विकास सिवाले आफ्नो सुन्दर वाचनद्वारा श्रोताहरुलाई मनोरञ्जन दिएका थिए । परम्परागत कवि गोष्ठीहरूभन्दा 'साउती परिवार- को कवि गोष्ठी आयोजनको आफ्नो छुट्टै विशेषता रहेकोले सोहि विशेषता अनुरूप कविता वाचन को समय श्रोताहरू बाट आकर्षक तथा प्रभाव पार्न सफल  कविहरुको रूपमा छनौट गरिएका सातजना कविहरु‌लाई प्रमाण-पत्र, उपहार तथा नगद राशिदारा पुरस्कृत गरियो भने ६ जना भाग्यमानी श्रोताह‌रुलाई पनि चिट्ठाद्वारा चयन गरी श्रोता सम्मान पुरस्कारले सम्मानित गरियो । 'साउती' शीर्षकमा वाचन हुने कविताह‌रू पुस्तकका रूपमा अगावै तयार गरी गोष्ठीकै दिन श्रोता वा दर्शकका बाहुलीबाट लोकार्पण गर्ने 'साउती परम्परा अनुरूप कार्यक्रमकै दिन मुक्तिप्रसाद उपाध्यापद्वारा सम्पादित, संरक्षित तथा प्रकाशित पुस्तक 'साउती' पनि विशिष्ट शैलीमा लोकार्पण गरियो । समारोहमा भारतबाट आइबी पूर्व आईपीएस सी. पी. गिरी, पूर्व भाकपा विधायक तुलसी भट्टराई, जीवन काँडा कि फूल' चलचित्रका निर्देशक विनोद विष्ट, गायिका जुनु गौतम, वरित सङ्गीतकार जीवन अधिकारी, साउतीका समीक्षक साहित्यकार लीला क्षेत्री आदि विशिष्ट

FB_IMG_1789182061026.jpg 202.73 KB
व्यक्तिहरूको उपस्थिति रहेको थियो भने नेपालबाट होम सुवेदी, चूडामणि वाशिष्ठ, तारा विविध, केशव आचार्य कृष्ण सुवेदी निराकार, देवीचरण भण्डारी, पं.रघुनाथ रिमाल लगायत धेरै विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

उल्लेखनीय छ, भारतको सिलगढीबाट 'नेपाली हास्य व्यङ्ग्य  कवितालाई टेवा दिन सन् २००१ देखि साउती परिवार-ले विभिन्न ठाउँमा कवि गोष्ठी आयोजना गरेर कविहरूलाई लेखनमा प्रोत्साहित गर्ने अभियान शुरू गरेको हो । साउती परिवारले भारतको राजधानी दिल्ली, असम निकासी, गान्तोक (सिक्किम), खरसाङ, सिलगरी तथा नेपालमा काठमाडौं, विर्तामोड, चन्द्रगढी आदि लगाउन विभिन्न ठाउँमा यस प्रकार अन्तर्राष्ट्रिय हास्य- व्यङ्ग्‌य कवि गोषठी आयोजना गर्दै आइरहेको छ । यसको आयोजन गर्ने शैली परम्परागत शैली भन्दा बेग्लै र अति विशिष्ट आकर्षक रहेकोले धेरै श्रोताहरूको निम्ति यो कवि गोष्ठी आकर्षणको केन्द्र बन्दै गइरहेको समाचार साहित्यकार कृष्ण बस्नेतबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।