नेपाली साहित्य मोवाइल एप्सको संशोधित दोस्रो संस्करण सार्वजनिक

खगिन्द्रा खुसी · साउन २६, २०८१ ११:१४ PM
Cover Image for News

नेपाली पाली भाषा, साहित्य तथा कलाको क्षेत्रमै पहिलो पटक नेपाली साहित्य नामको मोबाइल एप्सको दोस्रो संशोधित संस्करण सार्वजनिक भएको छ । अमेरीकामा रहेको जिविएलओ संस्थाले नेपाली भाषा र साहित्यको प्रर्वद्धन गर्ने उदेश्यका साथ गएको वैशाख महिनामा काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको सो एप्सले छोटो समयमा पाएको सफलताबाट उत्साहित भएर युट्युव/भिडियो सहितको यो संस्करण सार्वजनिक गरिएको हो । जिविएलओका अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा वरिष्ठ आख्यानकार डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित कवि विप्लप प्रतिक, दार्जिलिङबाट डा योगेश खाती, असमका ज्ञानबहादुर क्षेत्री, धार्मिक तथा साहित्यिक व्यक्तित्व कमल धिमाल/खल्ती पीडित, नारद खरेल, गण्डकी पुत्र, गङ्गाराम लामिटारे, देवीभक्त श्रेष्ठ लगायत विश्वभरिका दुई दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो । नेपाली साहित्यको क्षेत्रमा पहिलो साहित्यिक कृतिहरु पढ्न, सुन्न र हेर्न मिल्ने यो एप्सको दोस्रो संस्करणको सार्वजनिक गर्दै प्रा.डा.गोविन्दराज भट्टराईले नेपाली चेतना र नेपाली सँस्कृतिलाई विश्वभर फैलाउने तथा जाती बचाउने तृष्णाले गरिएको यो उत्तम कार्य हो भन्दै एम.एम.एम.फिल. गर्नका लागि अमेरिका पुगेका नेपाली मूलका भूटानीहरुको साहित्यको पनि प्रयोग गरौँ भन्ने धारणा ब्यक्त गर्नुभएको थियो । भाषा रहेमात्र जाति रहन्छ भन्दै मन्तव्यका क्रममा चर्चित कवि विप्लप प्रतिकले यो सजिलै प्राप्त भएको उपलब्धि होइन । समय र पैसा पर्याप्त खर्च भएको छ । जसरी भानुले भाषाका माध्यमबाट सम्पूर्ण नेपाललाई एकीकरण गरेका थिए त्यस्तै गरी नेपाली साहित्य डटकमले विश्वभरिका नेपालीहरुलाई जोड्ने महत्वपूर्ण काम गरिरहेको छ भन्ने धारणा व्यक्त गर्नु भएको थियो । डा.योगेश खाती, गीता खत्री, गण्डकी पुत्र, डेन्जम साम्पाङ, धनराज गिरी लगायत आधा दर्जन बढी स्रष्टाहरुले आजको डिजिटल समयमा नेपाली साहित्यलाई विश्वभर पुर्याउनका लागि एप्स तथा नेपाली साहित्य डटकमले खेलेको महत्वपूर्ण भूमिकाका बारेमा चर्चा गर्दै मन्तव्य राख्नेक्रममा यसको श्रीबृद्धीका लागि सकेसम्म सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । 

एप्सको प्रविधि तथा संशोधनका विषयमा जानकारी संयोजक अर्जुन उप्रेती तथा जय राईले गराउनु भएको थियो भने कार्यक्रम सन्चालक पातलो अन्तरेले नेपाली साहित्य डटकमको सल्लाहकार तथा संचालक समितिको परिचय गराउनु भएको थियो । सल्लाहकार समितिमा सल्लाहकार प्रमुख डा.गोविन्दराज भट्टराई कृष्ण धरावासी कविता लामा विन्द्या सुब्बा ज्ञान बहादुर क्षेत्री विप्लप प्रतिक देश सुब्बा टंक न्यौपाने डेन्जम साम्पाङ शरद प्रधान दीपा राई देवीभक्त श्रेष्ठ प्रकाश आङ्देम्वे रहनुभएको छ भने प्रवन्धक - कर्ण गुरुङ रहनुभएको सन्चालक समितिको सदस्यमा ममता मोक्तान, गोपाल पौडेल, सुसन माझी, आभाष रिखाम, शेखर कोइराला, जय वान्तवा, पातलो अन्तरे रहनु भएको छ । त्यस्तै नेपाली साहित्य डटकमको सम्पादनमा खगिन्द्रा खुसी र दिलीप घिमिरे रहेको कुरा समेत अन्तरेले सार्वजनिक गर्नु भएको थियो । एन्ड्रोइड तथा आइओएtस् दुवैमा उपलब्ध रहेको नेपाली साहित्य एप्सले नेपाली साहित्यकार तथा सर्जकलाई आफ्ना साहित्यिक कृतिको बजारीकरणमा सहज हुने कुरा समापनका क्रममा अध्यक्ष कर्ण गुरुङले बताउनु भएको थियो भने कार्यक्रम नेपाली समय अनुसार आज श्रवण २६ गते शनिबार साँझ सात देखि नौ बजेसम्म जुमका माध्यमबाट सन्चालन भएको थियो । 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
डा देवेन सापकोटा
एक महिना अगाडि

नेपाली साहित्य डट कम दोस्रो संस्करणमा पुगेछ। अति आनन्दको कुरो। यसले हामी विश्वका नेपाली साहित्य मनहरूलाई एउटै मञ्च प्रदान गर्ने रहेछ। जयतु भाषा जननी।

लक्ष्मण अधिकारी
एक महिना अगाडि

नेपाली साहित्य डट कम दोस्रो संस्करणमा पुगेको जान्न पाएर खुसी लागेको छ। निश्चय यो एपका माध्यमबाट लेखक र पाठक दुवै लाभान्वित हुनेछन्।

ज्ञानबहादुर छेत्री
एक महिना अगाडि

नेपाली साहित्य डट्कम दोस्रो संस्करणको विधिवत लोकार्पण कार्यक्रममा सहभागी हुने मौका जुरेको थियो। जीबीएलओ अमेरिकाबाट संचालित कार्यक्रममा नेपाली भाषा साहित्य संस्कृतिलाई प्रविधिको माध्यममा सारा विश्वमा फिँजाएर जातीय एकता मजबूत पार्ने विषयमा महत्वपूर्ण छलफल गरियो। सबै मित्रहरूमा शुभकामना।

सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४