मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ

Admin · मंसिर १९, २०८० २:१४ PM
Cover Image for News

मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
ठग्नेले  कसरी एक महिनामै महल ठड्याएको छ 

मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो 
मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ 

तिमी  आज  पसिना  बग्दा  उफ् ! गन्हायो भन्छौ 
देश बनाउनेले हिजो रगतको खोलो बगाएको छ 

बास्मती चामल घाँटीबाट छिर्न छोड्यो कसैलाई
कसैले अझै पनि बाध्यताले बालुवा चपाएको छ 

तिमीले गाली गर्यौ अनि नानाथरी भन्यौ उसलाइ 
झुट बोलेरै भए पनि उसले इतिहास सम्झाएको छ 

धर्मेन्द्र तिम्सिना "क्षितिज" 
अमेरिका


टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४