माधव वियोगी वाङ्मय प्रतिष्ठान द्वारा खगराज शर्मा आचार्य अभिनन्दित

खगिन्द्रा खुसी · कार्तिक ६, २०८१ ८:२९ AM
Cover Image for News

 श्रीभद्र पौडेल पोखरा, ५ कात्तिक। 

माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल पोखराले सोमबार एक कार्यक्रमका बीच साहित्यकार खगराज शर्मा आचार्यलाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले वरिष्ठ समाजसेवी एवम् साहित्यकार शर्माको सामाजिक योगदानको कदर गर्दै उनको जन्मोत्सवको अवसर पारी अभिनन्दन गरेको हो । त्यस अवसरमा छन्दनायक माधव वियोगीद्वारा लिखित ‘जीवनी, व्यक्तित्व र कृतित्वमा खगराज शर्मा आचार्य’ नामक समालोचना ग्रन्थको विमोचन समेत भयो । शर्मा रामदी नाट्य मण्डल, गुप्तेश्वर महादेव क्याम्पस, गुप्तेश्वर महादेव गुफा, छोरेपाटन मावि, वौद्धिक जागरण समाज, मनकामना मन्दिर, इन्द्रेणी बचत तथा स्थानीय पुस्तकालयका संस्थापक हुन् । उनका ५ वटा कृति प्रकाशित छन् भने ६ वटा प्रकाशोन्मुख रहेका छन् । समारोहमा नेपाल संगीत तथा नाट्यप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले स्थापनाको छोटो समयमा प्रतिष्ठानले उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै स्रष्टालाई जीवितै सम्मान गर्ने संस्कार विकसित गरेकोमा खुशी व्यक्त गरेका थिए भने साहित्यका क्षेत्रमा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै पोखरामा प्रतिष्ठान जस्तै क्रियाशिल संस्थाको खाँचो औँल्याए ।

१११.jfif 50.7 KB
 

कृतिका लेखक छन्दनायक माधव वियोगीले सामाजिक तथा श्रीकृष्ण चरित्र वालन संस्कृतिको विकासमा शर्माको योगदान अतुलनीय रहेको धारणा राख्दै शर्मालाई अभिनन्दन गर्न पाउदाँ संस्था नै सम्मानित भएको महशुस सुनाए । उनले शर्मालाई इमान्दार देशभक्त नागरिकको संज्ञा दिर्दै अन्य नागरिकले पनि शर्माको जीवनबाट समाजसेवाको पाठ सिक्नुपर्ने स्पष्ट पारे । सम्मानीत सष्ट्रा शर्माले प्रतिष्ठान प्रति आभार प्रकट गर्दै पुस्तक प्रकाशनसँगै आफूले विगतमा गरेका कार्य अभिलेखीकरण भएको बताए । उनले अव आफूले गरेका कार्यको पुस्तान्तरण हुने विश्वास व्यक्त गर्दै सम्मानसँगै सामाजिक बन्न थप प्रेरणा मिलेको धारणा राखे। त्यस अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक सरिता घिमिरे, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष लक्ष्मण बास्तोला, शिक्षासेवी लेखनाथ पोखरेल, प्रतिष्ठानका कोषाध्यक्ष छन्दिका लगायतले पनि भनाई राखे ।उनीहरुले सत्कर्म गरे ढिलोचाँडो समाजले मूल्याङकन गर्ने स्पष्ट पार्दै जीवितै सम्मान गर्ने परिपार्टीको महत्व औँल्याए । पुस्तक समीक्षा गर्दै प्रा.डा रामचन्द्र पोखरेलले जीवनी एवम् कृर्तिमुलक समालोचनाका रुपमा पुस्तकलाई चिनाउँदै पुस्तक अनुसन्धानमूलक रहेको उल्लेख गरे।प्रा.डा पोखरेलले नेपाली संस्कृतिलाई आजीवन अक्षुण राख्न खगराजको योगदान प्रशम्सनीय रहेको बताउँदै नाटक लेखनमा पनि उनले प्रशम्सनीय कार्य गरेको स्पष्ट पारे । कार्यक्रमका बीच वालन तथा कला प्रतिष्ठानले विभिन्न प्रस्तुति राख्यो । त्यस्तै संयोग वस्र्याल, सुभा शर्मा लयायतले छन्दमा रचना वाचन गरे । पुस्तकमा खगराज शर्मा आचार्यसँगको अन्तर्वार्ता, उनको जीवनी, व्यक्तित्व, विशेषता, श्रीकृष्ण चरित्र बालनमा उनले पुर्याएको योगदान, ब्राम्हण संस्कृति लगायतका कुराहरु समेटिएको छ । प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष छन्दमणिले स्वागत तथा सचिव शिव त्रिपाठीले कार्यक्रम संचालन गरेको कुरा पोखराबाट कवि छन्दिका त्रिपाठीले जानकारी दिएकी छन् ।

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।