मेरो राष्ट्रीयता

सबिन शर्मा · मंसिर २७, २०८० २:५७ PM
Cover Image for News

अजिङ्गर मरे जस्तै लामो र कालो शडक।
आकाशमा बादलले नक्सा बनाउँछ
टुप्पी हराएको मेरो देश।
मैले मात्रै सुन्ने गरी बतास साउती गर्छ
बाटो हेरेर के पायौ
आखिरिमा येतै आयै।

मैले टेकेको धर्ती हिलिन्छ
आँखाले देखेको दृश्य धमिलिन्छ
शाँझ परेछ।

ठूला ठूला भवनको
धुलो लागेका पर्खाल पुछेर
घर फर्किदैछन् नानिहरू
स्ट्रीट ल्याम्पको पुत्ली बनेर।
भन्छन् , मेलनि राम्री छे
भन्छन् , मारीयो डर लाग्दो छ
अनि मलाई हेर्छन् र भन्छन्
सबै जस्तो चर्चमा किन नगाको?
…. रात परो त अब सुत्न जानु।

अहो ! रात पर्यो
मेरो देशमा घाम झुल्किदै छ
अब छिट्टै उज्यालो हुँदै छ।
मलाई जगाउँ छ एउटा शोचाईले
जाहाँ म खेत जोतीरहेको छु
मलाई सताउँछ एउटा घोचाईले
याहाँ किन म बाँचिरहेको छु?

ओच्छ्यानको एक छेउमा
सानो र झत्ते लुगा लगाएको
अत्यान्त दुखी र ज्रीण
अजिब बश्तुको आभस हुन्छ।
बिदेशि फोटोग्राफरले खिच्न नसकेको-
-मेरो राष्ट्रीयता
मेरो छेउमा बसेर झोक्राई रहन्छ।

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५