मेरो पुष्पवाटिका
छ पुष्पवाटिका यहाँ अनेक यत्नले गरी
प्रशस्त आँगनै भरी मरोप्तथेँ सधैँ भरी।
अत्यन्त नै रमाइलो बिहानको मुहूर्तमा
सुगन्धले छ मग्मगी म डुल्दछू सधैँ त्यहाँ।।
(१)
वरिपरी म हेर्दछू सुरम्यको छ वाटिका
झलल्ल झल्ल झल्किने सुस्वर्गझैँ छ सर्वदा।
पराग खोजदै अहो! दगुर्दछन् नि माहुरी
सुदूरदेखि धाउने म देख्छू वाटिका भरी।
(२)
बिहानिको बतासले सुगन्ध फैलने अति
बथानका बथानभै लठारिँदै ति पुत्तली-
असाध्यकै रमाइलो सुदूरसम्म देखिने
प्रमोदको छ वाटिका डुलीरहूँ सदा हुने।।
(३)
झिलीमिली सदैवको विचित्रकै मनोहर
अहर्निशै रमाइलो प्रभा-छटा निरन्तर।
बखानु केगरी सबै मिठास शब्दले भरी
नसक्नुनै छ यो अहो! भनेर अड्छ लेखनी।।
(४)
सजाइयो भराइयो न उच्च कल्पना भयो
जतासुकै बखानभो र निम्नको भयो कि यो?
न देशकै बयान भो न जातिकै बयान भो
न अर्थकै प्रलाप भो कि के कसो बखानियो??
(५)
नहोस लौ बगम्फुसे गभीर भावको बनी-
युवाहरू सबै मिली पढुन् बसेर राम्ररी।
कनीकुथी सजाइयो विशुद्ध शब्दले भरी
सुउच्च कल्पना बनोस भन्छ आज लेखनी।।
(६)
८-८-२०२४
कवि निकेतन ढेकियाजुली शनिमन्दिर मार्ग शोणितपुर आसाम।