महारानीगञ्ज माविमा६७ औं बार्षिकोत्सव सुरु

महारानीगञ्ज माविमा६७ औं बार्षिकोत्सव सुरु
झापा माघ २३ गते/
महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा ११ सालबारीले ६७ औं बार्षिकोत्सव बुधबारबाट शुरू भएको छ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बोलप्रसाद को॓ईरालाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बुको रचना र संगीतकार हस्त परियारको संगीत रहेको विद्यालयको गीत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेका थिए।
त्यस्तै विद्यार्थीहरूले शिक्षक मणीलाल खड्काको निर्देशन र सहभागीतामा पिटी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा शिक्षक–अभिभावक संघका पूर्व अध्यक्ष प्रेमराज इङ्नाम, सदस्य इन्दिरा गिरीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
त्यस्तै कार्यक्रममा शिक्षक सेवाबाट स्वेच्छिक अवकाश लिएका शिक्षक खगेन्द्र चौहानलाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी रोहितकुमार भट्टराईद्वारा आफ्ना बुबा सूर्यप्रसाद भट्टराई र आमा देवीमाया भट्टराईको नाममा स्थापित सूर्य–देवी उत्कृष्ट शिक्षा पुरस्कारबाट कक्षा ५ मा अध्ययनरत् छात्र सौगात गौतमलाई नगद तीन हजार एक सयसहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथी पराजुली ,भट्टराईका बुबा सूर्यप्रसाद भट्टराई र आमा देवीमाया भट्टराई , रोहित भट्टराईलगायतले प्रदान गरेका थिए ।
सोही कार्यक्रममा विद्यालय परिसरमा व्यवस्थित मञ्चको शिलान्यास गरिएको थियो। उपप्रमुख पराजुलीले भूमि पुजन गरेर मञ्चको शिलान्यास गरेकी थिइन् ।
अर्जुनधारा नगरपालिकाको तीन लाख रुपैयाँको लागतमा मञ्च निर्माण गरिने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रोहितमान ढकाल, लभकुश गौतम, शिक्षक अभिभावक संघ अध्यक्ष सूर्यप्रसाद भट्टराई, पुण्य सुवेदी, लक्ष्मी तामाङ, शिक्षा शाखाकी समिरा दाहाल, चन्द्रप्रसाद सुवेदी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चम्लगाईले गरेका थिए ।
तीन दिनसम्म हुने वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहीबार साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र शुक्रबार अन्तर पालिकास्तरिय आधारभूत तह फुटबल प्रतियोगिताको फाइनल र पुरस्कार वितरण कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए ।




