महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट

महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी · कार्तिक १६, २०८१ ९:०४ AM
Cover Image for News


संसार रूपी सुख स्वर्गभित्र
 रमेँ रमाएँ लिई भित्र चित्र
 सारा भयो त्यो मरुभूमि तुल्य
 रातै परे झैँ अब बुझ्छु बल्ल ।

रहेछ संसार निशा समान
 आएन ज्यूँदै रहँदा नि ज्ञान
 आखिर श्रीकृष्ण रहेछ एक
 न भक्ति भो, ज्ञान न भो विवेक ।

महामरूमा कणझैँ म तातो
 जलेर मर्दो विनु आश लाटो
 सुकी रहेको तरुझैँ छु खाली
 चिताग्नि तापी जल डाल्न फाकी ।

संस्कार आफ्नो सब नै गुमाएँ
 म शून्यमा शून्यसरी विलाएँ
 जन्मेँ म यो स्वर्गविषे पलाएँ
 आखिर भै खाक त्यसै विलाएँ ।​
 
 

लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । अस्पतालको शैयाबाट लेखेको यो देवकोटाको जीवनको अन्तिम कविता थियो ।

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६