महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
संसार रूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।
महामरूमा कणझैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरुझैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाकी ।
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।
लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । अस्पतालको शैयाबाट लेखेको यो देवकोटाको जीवनको अन्तिम कविता थियो ।
ट्यागहरू:
सहित्य
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५