कविता‚ कवि र पाठक

एक घिमिरे पोष्ट-दिलिप घिमिरे · भदौ २३, २०८१ ६:३७ AM
Cover Image for News

कविता‚ कवि र पाठक         
          –एकु घिमिरे‚ अन्तुडाँडा‚ इलाम

आमाले आँगनमा गाडेका गुलाफका हाँगा 
 नहल्लाउनू भन्नुहुन्थ्यो
 हामी हरेक दिन नहल्लाई उखेल्थ्यौँ जरा निर्क्यौल गर्न ‚
 फूल सुकेर मर्थ्यो‚
 आमाले भन्नुहुन्थ्यो‚ ‘हाम्रामा गुलाफ फाब्दैन !
 आजभोलि कविता त्यही गुलाफको हाँगा भएको छ ।

बाबाले काँक्राको चिचिला औँल्याउनुहुन्न भन्नुहुन्थ्यो
 हामी थाङ्ग्रैमा चढेर  नऔँल्याई
 हातमा उठाएर साथीलाई देखाउँथ्यौँ !
 चिचिलो कत्रो भयो ? भनेर मुठ्याउँथ्यौँ
 अलिक दिनमा भेट्नु बोटमा र
 चिचिलो भुइँमा देखिन्थ्यो
 हामी अन्तरेले औल्याएको पोल सुनाउँथ्यौँ
 बाबा यो साल काँक्रालाई छेक परेन भन्नुहुन्थ्यो
 आजभोलि कविता त्यही काँक्राको               चिचिला भएको छ ।

काका बारी खन्नेले वायु छोडे 
 मूला पिरो हुन्छ भन्नुहुन्थ्यो
 हामी गरामा को कता बसेर मुलाबारी खन्छन्‚
 हेक्का राख्थ्यौँ
 पछि मुला चाखेर पदुवा पत्ता लागाउँथ्यौँ !
 मान्छेका अघि ठुलालाई जिस्क्याएर 
 लबटे चिउरा खान्थ्यौँ !
 आजभोलि कविता त्यही मुलाबारीको 
 लोकविश्वास भएको छ
 आजभोलि कवि यिनै चकचकको नायक 
  बालक  भएको छ
 आमा‚ बाबा‚ अन्तरे र काकाहरू 
 पाठक भएका छन् ।
                                 -हाल: चैनपुर‚ सङ्खुवासभा

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५