कवि प्रधुम्न जोशी र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पुरस्कृत

खगिन्द्रा खुसी · भदौ १, २०८१ ८:२० AM
Cover Image for News

२०८१ साउन ३२, काठमाडौं ।

नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सबको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५१ हजारसहित "गोपाल पाँडे असीम पुरस्कार २०८१" तथा  शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख सहित "लेबाल त्रिरत्न पुरस्कार २०८१" प्रदान गरेको  छ ।
 काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा. जयराज आचार्य द्वारा उक्त पुरस्कार प्रदान गरिएको  हो।

 

Photo

कार्यक्रममा पुरस्कृत कवि प्रद्युम्न जोशीको व्यक्तित्वको चर्चा कवि एवं पत्रकार ठाकुर बेलवासे र विद्यानाथ कोइरालाको व्यक्तित्वको चर्चा पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतमद्वारा गरिएको थियो ।


नेपाली शिक्षा परिषदकी अध्यक्ष सर्जक रमा शर्माको सभापतित्वमा सम्पन्न सोही कार्यक्रममा विद्यार्थी मन्दिप श्रेष्ठलाई नगद राशि ५ हजारसहित "गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार" प्रदान गरिएको थियो । विद्यार्थी मन्दिप भानु माध्यमिक विद्यालय, दरबार हाइस्कुलमा ई. ई. परीक्षा २०८० मा सर्वोत्कृष्ट भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, अध्यक्ष रमा शर्मा, पुरस्कृतहरु विद्यानाथ कोइराला र प्रद्युम्न जोशी, वरिष्ठ कवि रमेश खरेल लगायतले आआफ्नो मन्तव्य राखिएको थियो । संस्थाका कोषाध्यक्ष शंकरप्रसाद पाण्डेद्वारा स्वागत मन्तव्य राखिएको सो कार्यक्रममा कवि विजय न्यौपानेले श्रद्धाञ्जली कविता वाचन गरेका थिए ।

Photo

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकारहरु श्याम प्रधान, जयदेव भट्टराई, शैलेन्दुप्रकाश नेपाल, भाग्यशाली अधिकारी, त्रिभुवनचन्द वाग्ले, सुशील पन्त, बमबहादुर थापा जिताली, जगदीश्वर पोखरेल, सन्तु श्रेष्ठ, गंगा लिगल लगायतको उपस्थिति रहेको कुरा काठमाडौंबाट साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभएको छ। 

ट्यागहरू:
सहित्य कविता literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४