'कण’को अध्यक्षमा पुनः दीप

खगिन्द्रा खुसी · असोज १८, २०८१ ८:१७ AM
Cover Image for News

बेलबारी, मोरङ ।

२०८१-०६-१७गते

        कण लघुकथा मञ्च, बेलबारी, मोरङको प्रथम साधारण सभा बेलबारी नगरपालिकाको बेतना कक्षमा आज सम्पन्न भएको छ । लघुकथाको विकास, विस्तार र प्रचारलाई मुख्य लक्ष्य राखेर जिल्ला प्रशासन कार्यालय, मोरङमा २०८१ वैशाख २४ गते दर्ता भएको मञ्चले पाँच महिनाभित्रै कार्य समिति प्राप्त गरेको छ । कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार÷साहित्यकारहरूले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चका नवनिर्वाचित अध्यक्ष दिपकुमार मङ्ग्राती, उपाध्यक्ष उमा सिजापती, सचिव शारदा दहाल भण्डारी, सहसचिव पवित्रा सापकोटा र कोषाध्यक्ष कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा विष्णु भण्डारी आचार्य, रोशन पराजुली, सुशिला सुवेदी पाठक र अम्बिकाप्रसाद कोइराला ‘अकेला’ तथा लेखा सदस्यमा नवराज पोखरेल नवशीला निर्वाचित भएका छन् ।

        सोही अवसरमा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार हर्कमान तामाङ, वरिष्ठ संस्कृति कर्मी मधु गुरुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, अध्यक्ष दिपकुमार मङ्ग्रातीले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम गरी आठ जिल्लाका८८ जना लघुकथाकारहरूको ९४ ओटा लघुकथाहरू सङ्गृहीत कृति ‘कण’लाई सार्वजनिक गरेका थिए । प्रमुखअतिथि राईले मौलिक भाषा, संस्कृति र समकालीन विषयहरूलाई विषयवस्तु बनाएर साहित्य लेखिनुपर्ने विषयमा जोड दिदै ‘उल्का’शीर्षकको आफ्नै लघुकथा सुनाएका थिए । 

        कार्यक्रममा अतिथि सम्पादक ईरानराईले सिर्जना नमर्ने गरी कम्तिमा १०० शब्द शुद्ध लेख्न ख्यालगर्दै सङ्ग्रहका लागि बेलैमा रचना प्रेषित गर्नुपर्ने बताए ।         नवनिर्वाचित अध्यक्ष मङ्ग्रातीले मञ्च र लघुकथालाई अझ व्यापक बनाउँदै नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता जनाएका थिए । सो कार्यक्रममा रमेन्द्र कोइराला, शुक्रराज कुँवर, यज्ञ परिश्रमी, दिलिप राई सगर, निरज कोइराला, जेबीखत्री, ऋषि तिवारी, भूपाल अधिकारी, तीर्थराज सिग्देलले लघुकथा वाचन गरेका थिए । 

        उक्त कार्यक्रममा सरण राई, हरिकान्तपौडेल, तिला लेकाली र रमेश निरौला, विनोद घिमिरे अतिथि रहेको समाचार बेलबारीबाट स्रष्टा इरन राईबाट प्राप्त भएको छ ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।