कोलम्बसमा मनोरम साङ्गीतिक साँझ हुँदै
अमेरिकाको कोलम्बस्मा विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न हुने भएको छ । 'मनोरम साङ्गीतिक साँझ' नाम दिइएको सो कार्यक्रममा गायक तथा सङ्गीतकार मनोज राईको एकल गायन रहनेछ । नेपालको खुदुनाबारी स्थित भूटानी शरणार्थी शिबिरमा रहँदै गायकका रुपमा स्थापित गायक राई सङ्गीतमा निरन्तर साधनारत छन् । उनको सङ्गीतक्षेत्रको सोही लगावलाई मध्यनजर गर्दै कार्यक्रममा गायक राईलाई सम्मान समेत गरिने भएको छ । गजलकार सविन शर्माका चोटिला गजलहरु पनि सुन्न पाइने सो कार्यक्रमलाई कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले आयोजना गरेको हो । २८ सेप्टेम्बरमा साँझको ६ बजेदेखि सुरुहुने सो कार्यक्रम ग्रेटर कोलम्बसमा सम्पन्न हुने कुराको जानकारी अमेरिकाबाट स्रष्टा पातलो अन्तरेले जानकारी दिएका छन् ।
ट्यागहरू:
सहित्य
news
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६