कोलम्बसमा मनोरम साङ्गीतिक साँझ हुँदै
अमेरिकाको कोलम्बस्मा विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न हुने भएको छ । 'मनोरम साङ्गीतिक साँझ' नाम दिइएको सो कार्यक्रममा गायक तथा सङ्गीतकार मनोज राईको एकल गायन रहनेछ । नेपालको खुदुनाबारी स्थित भूटानी शरणार्थी शिबिरमा रहँदै गायकका रुपमा स्थापित गायक राई सङ्गीतमा निरन्तर साधनारत छन् । उनको सङ्गीतक्षेत्रको सोही लगावलाई मध्यनजर गर्दै कार्यक्रममा गायक राईलाई सम्मान समेत गरिने भएको छ । गजलकार सविन शर्माका चोटिला गजलहरु पनि सुन्न पाइने सो कार्यक्रमलाई कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले आयोजना गरेको हो । २८ सेप्टेम्बरमा साँझको ६ बजेदेखि सुरुहुने सो कार्यक्रम ग्रेटर कोलम्बसमा सम्पन्न हुने कुराको जानकारी अमेरिकाबाट स्रष्टा पातलो अन्तरेले जानकारी दिएका छन् ।
ट्यागहरू:
सहित्य
news
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट
खगिन्द्रा खुसी - मङ्गलबार २० अक्टोबर २०२६
मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - आइतबार १८ अक्टोबर २०२६
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६