"कालो यथार्थ"
"कालो यथार्थ"
✍️फणिन्द्र शर्मा
टलक्क टल्किन खोज्छ त्यो यथार्थ
सँधै कालो बत्तिको साहाराले
प्रकाशको तलाश गर्दछ।
बनावटी बौद्धिकताको मरिकुच्चे गिदी बोकेर
जथाभावी हिड्ने पनि गर्दछ।
आँफू चैँ अरे " मपाईँ" ,
अरूलाई त हर्के, बिरे, रामे, चामे पो भन्दछ।
बीचैमा अड्चन पनि बनिदिन्छ
निम्तिएका विकास र प्रकाशहरूमा
कहिले आँङ्कुसे बनि,त कहिले बिशाल देवाल सरी।
कसरी पो उभोँ लाग्योस् है?
सभ्य, संस्कार, संस्कृति र काव्यको !
हरे! कस्तो यथार्थ हो यो ?
कस्तो भक्कानिएको वेदना !
कस्तो- कस्तो विडम्बना !
हरे! कस्तो उदरको ' झुसिलो डकार'।
यहाँ त
कवि कटुवालले भने झैँ
हर्के, बिरे, रामे, चामे झटारा नभै आफैँमा एक-एक तारा हुन्।
जो कल्मस कात्रोले बादल बनि घेराउन खोज्छ।
अब त, त्यो कात्रो पनि सार्है गन्हाउन थालेछ
बादल पनि आँफू-आँफू मैं चट्किन लागेछ ।
पग्लिएको बादल भई यहाँ बर्षाको खाँचो छ
यहाँ हर्के, बिरे, रामे,चामे भित्रको भीमसेनको खाँचो छ,
जाग, जाग हर्के बिरे रामे चामे जाग,
यहाँ पुष्प ढकमक्क फुलाउनु छ
यहाँ काव्य सरिता बगाउनु छ।
शनै: शनै:
जीवनको संघर्षमय पराकाष्ठाले बोल्ने छ
भोलि कालो यथार्थ डगमगाउने छ।
अन्त्यमा, कता कता प्रसंगले याद दिलायो
कवि शिरोमणिको अजम्बरी तपस्वीले बोलेको बोलायो.....
‘म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू,
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।’
साहित्य सचिव,अनेसास, बडगाउँ शाखा
Dhanyabad