प्रेम
मायाको महासागरमा
निलो आकाश भन्दा माथी
म तिमीलाई सम्झि रहन्छु होला,
मृत्यु शैयामा छट्पटाई रहँदा पनि।
भगवानसँग पुकारी रहेका
मेरा अदृश्य वाणीहरू,
सायद
मेरो विश्वास मात्र हो।
पाईला र स्पर्शहरूको गतिले
के मेरो गन्तव्य पाउलान् त?
सुर्यले दिनमा जिस्काउँदा
रातमा ताराहरूले गिज्याउँदा
सपनामा मुस्कुराउँदा
र पंक्षीका पखेटाले झैं
उड्न पाए
म तिमीलाई भेट्न चाहान्थें।
सम्झनामा
एकोहोरो टोलाई रहन
बानीपरेको छु अचेल,
तर
म पराजित हुन चाहान्न।
अनि नि..!
तिमीले पनि
मैले जस्तै पत्राचार गरिरहनु है !
मेरो मस्तिष्क र आँसुले
लगातार प्रश्न गर्छन्,
तिमीलाई आफ्नो बनाउन
सकिन भनेर…..
मैले प्रकृति जस्तै
स्वच्छ मनबाट
प्रेम गर्नु
पाप गरेकै हो त?
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६