"गुञ्जन" २६ औं बार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित

खगिन्द्रा खुसी · असोज ४, २०८१ १०:५९ PM
Cover Image for News


२०८१ असोज ४, नारी साहित्य संस्था "गुञ्जन"ले हिँजो असोज ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थापनाको २६ औं बार्षिकोत्सव मनाएको छ । गुन्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा "गुञ्जन त्रिवेणी आख्यान पुरस्कार सम्मान"बाट वरिष्ठ आख्यानकार राजेन्द्र विमल सम्मानित भएका छन् भने "गुञ्जन नारी साहित्य प्रतिभा सम्मान"बाट साहित्यकार उमा सुवेदी सम्मानित भएकी छिन् । 

फोटो
कार्यक्रममा "गुञ्जन साहित्य सम्मान"बाट साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन् भने "गुञ्जन मातृभाषा पुरस्कार सम्मान"बाट अपर्णा प्रधानलाई सम्मान गरिएको छ ।

       कार्यक्रममा "गुञ्जन लक्ष्मीराज भण्डारी बाल पुरस्कार"बाट श्रीयङ्का बस्नेत र "गुञ्जन जेष्ठ नागरिक पुरस्कार "बाट साहित्यकार हिरण्यकुमारी पाठक पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा "गुञ्जन उन्नती गीतकार पुरस्कार सम्मान’बाट गीतकार शीला पन्त र साहित्यिक सहकार्यमा कार्यक्रम गरेका दुई संस्थाका प्रमुख मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ र किरण श्रैष्ठलाई र भिम विराग संगीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो । 

फोटो
कार्यक्रममा बालकलाकार श्रीयङ्काको आर्कर्षक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाकी सचिव साहित्यकार सन्ध्या पहाडीद्वारा पुरस्कृत र सम्मानित स्रष्टाहरुको परिचय राखिएको थियो भने साहित्यकार सिर्जना शर्माले स्वागत र इल्या भट्टराईद्वारा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव सुष्मिता नेपालद्वारा गरिएको समाचार साहित्यिक  पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।