गजलकार पद्मा लिंखा मगरको ´बाटो अलग अलग´सार्वजनिक
झापा २७ माघ/नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ।थानेश्वर गौतमको स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ ।
गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएका छन्। गजलमा भुवन गन्धर्व लयको जिम्मेवारी निर्वाह गरेका छन्, जसको परिणाम स्वरूप संगीतको हर एक सुरमा समृद्धि र गहिराइ देखिन्छ।
यस गजलमा गोपाल देवको बाँसुरी र मनिष गन्धर्वको सारंगीको प्रयोगले गीतको भावना अझै गहिरो र प्रभावशाली बनाएको छ साथै लक्ष्मण सेन्चुरीद्वारा रेकर्डिङ र बिमल चिन्नालद्वारा मिश्रण र मास्टरिङ गरिएको यस गीतको संगीत पक्ष उत्कृष्ट बनेको छ।
गजलको भिडियोमा प्रमुख कलाकार पुष्पा खड्का,अञ्जना पुन र सुधीर श्रेष्ठ रहेका छन्। सुधीर श्रेष्ठको अतिथि उपस्थिति यस गीतमा विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको छ।प्रेम पीडाको पराकाष्ठालाई भिडियो मार्फत देखाइएको छ। रामजी लामिछानेद्वारा निर्देशित र कोरियोग्राफ गरिएको यस गीतको भिडियो संगीतको भावनालाई सजीव रूपमा प्रस्तुत गर्दछ। भिडियोको सिनेमाटोग्राफी मन कृष्ण महर्जनद्वारा गरिएको छ भने,सहायक सिनेमाटोग्राफरको रूपमा सुवास महर्जन र नवराज खड्काको योगदान महत्वपूर्ण छ।गीतको सम्पादन बन्देप्रसाद र सह सम्पादक उमेश थापा मगरले गरेका छन्।
“बाटो अलग अलग“ गजल “नजर – ६ (गजल)“ एल्बमको एक हिस्सा हो र गतिशील रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। यो गीत नेपाली गजल संगीतको आधुनिक प्रस्तुतीको रूपमा दर्शक वर्गमा नयाँ प्रभाव छोड्ने क्रममा छ।
नयाँ एल्बमसँगै नेपाली संगीतको एक नयाँ ढाँचा प्रस्तुत गरिएको छ,जसले दर्शक र श्रोतामाझ गहिरो छाप पार्ने अपेक्षा राखेको छ।सांगीतिक जगतमा नयाँ लहर ल्याउने देखिन्छ ।
भिडियो लिङ्क https://youtu.be/CPyGZc7xg3A?si=Njbq2vU5_F5Phfon