गजल
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ
जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ
खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन
इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ
झुपडीले दिएको कुहिएको फर्सी र गुन्द्रुक सम्झँदा
निगुराको झोलसँग साटेको आत्मसम्मानको याद आउँछ
मेरो माटो भन्न नपाउँदा मेरो देश भन्न नपाउँदा
संसारले देख्न नचाहेको मेरो जन्मस्थानको याद आउँछ
ती हजारौं सपनाहरु साँचेर एक मुठ्ठी माटो झोलामा हाली
रुँदै माटोको सम्झनामा भिजाएको सिरानको याद आउँछ
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४