चेत्छौ ?

Admin · मंसिर १९, २०८० २:१७ PM
Cover Image for News

घुर्दै गर विरानाले हानेपछि चेत्छौ तिमी
फुक्तै गर सिमानाले बानेपछि चेत्छौ तिमी।

देश बनाउँछौं भन्नेहरु सिरकभित्र पस्तै गर
तिम्रा बानी पराईले जानेपछि चेत्छौ तिमी।

सोच, सोच्न छुट छ यहाँ सगरमाथ, बुद्ध मेरो 
सोच्तासोच्तै ती अरुले मानेपछि चेत्छौ तिमी ।

पालैपालो एकले अर्को नङ्याउदै जाऊ एक दिन
नङ्याउनेले तिम्रै पालो छानेपछि चेत्छौ तिमी।

लुछाचुडी, मिलेमतो जे गरेनी हाम्रै त हो
भन्दै गर हिउँले पहाड तानेपछि चेत्छौ तिमी।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
बहर
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
 सरकार
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
मधु पोख्रेलको गजल
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४