चौतारीले गर्यो दिवङ्गत सर्जकहरुका धर्मपत्नीलाई सम्मान

दिलिप घिमिरे · असोज १६, २०८१ ११:३७ PM
Cover Image for News

१६असोज /साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थामा आवद्ध दिवङ्गत सर्जकहरुको स्मरण गर्दै उनीहरुमध्ये संस्थामा आवद्ध  पाँच जना दिवङ्गत सर्जकहरुको धर्मपत्नीलाई सम्मान गरेको छ ।  
 आज सोह्र श्राद्धको अन्तिम दिनको अवसर पारेर  संस्थासँग आवद्ध दिवंगत पितृपरमेश्वरहरूप्रति सामुहिक श्रद्धाञ्जलि अर्पण गर्दै  उनीहरूको सिर्जना प्रस्तुत गरी उनीहरुमध्ये  पाँच जना सर्जकका धर्मपत्नीलाई सम्मान गरिएको हो । 

संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका मानर्थ सल्लाहकार लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् ।  

कार्यक्रममा संस्थाका शिक्षासेवी शिवप्रसाद दहालकी धर्मपत्नी सूर्यप्रभा चौहान दाहाल, दक्षिणारहित सामुहिक सडक देउसीका प्रमुख अतिथि तथा संस्था संस्थापक परिवारका धार्मिक तथा आध्यात्मिक मार्गदर्शक अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य  पुष्पलाल  निरौलाकी धर्मपत्नी इन्द्रलक्ष्मी गुरागाँई निरौला, संस्थाका संस्थापक सल्लाहकार तथा पत्रकार  गोपीकृष्ण खनालकी धर्मपत्नी रुपादेवी सिग्देल खनाल, संस्था स्थापनाकालदेखि अभिभावक शिक्षासेवी तथा लोकगायक  लव ओलीकी धर्मपत्नी दुर्गादेवी बस्नेत ओली र संस्थाका तत्कालिन सचिव, संस्थाको स्वागत गीतका रचयिता तथा मासिक सडक काव्यसभाका परिकल्पनाकार पत्रकार  डिकमान विरहीकी धर्मपत्नी पुर्णिमा सुनुवार मुखियालाई सम्मान गरिएको थियो ।

उनीहरुलाई नगद, फलफूल र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्था स्थापना २०५६ असार ३१ देखि  दिवङ्गत भएका कार्य समिति सदस्य,सल्लाहकार, निर्णायक, प्रमुख तथा विशेष अतिथि, अभिनन्दित ,सम्मानित एवम्  पुरस्कृत पाॅच दर्जनभन्दा बढी सर्जकहरूको स्मृतिमा उनीहरुको योगदानको कदर गर्दै रचनावाचनसहित दीप प्रज्वलन र मौनधारण गरी सामाुहिक श्रद्धाञ्जली अर्पण गरिएको थियो  । 
  
 भाषा, कला, संगीत र संस्कृतिको संरक्षणमा योगदान गर्ने सर्जकहरुलाई यो अवस्थासम्म ल्याई पुर्याउन उनीहरुका धर्मपत्नीहरुको महत्वपूर्ण योगदान रहेकाले उक्त योगदानको कदर गर्दै सर्जकहरुका धर्मपत्नीहरुलाई सम्मान गरिएको अध्यक्ष  श्रेष्ठले बताए ।  
 कार्यक्रममा प्रमुख अतिथी पौड्यालले साहित्य चौतारीले प्रिथक प्रकारले  पितृहरुको स्मरण  गरेको  र यो पहिलो कार्यक्रम  भएको बताए। 
 कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू