चौतारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
चौतारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बिर्तामोड /साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
दशै ,तिहार, नेपाल सम्वत, छठ लगायत निकटका चाडपर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा संस्थाहरूको गरिमा बिषयक अन्तरक्रियासहित गरिएको थियो ।संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका पूर्व सल्लाहकार बरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।
संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीले गरेको गतिविधिको बारेमा धारणा राख्दै संस्थाले रजत बर्ष पूरा गरी सुवर्ण वर्षलक्षित कार्यक्रम गरिरहेको जनाए।
कार्यक्रममा निवर्तमान अध्यक्ष हस्त परियार, प्रलेस झापाका पूर्व अध्यक्ष कमलप्रसाद गुरागाई , प्रलेस झापाका अध्यक्ष लिलाप्रसाद अधिकारी,साहित्यकार जय भण्डारी,भारतका सम्मानित स्रष्टा मुक्ति बराल उपाध्याय, भारत सल्लाहकार संयोजक जीवन अधिकारी,सम्मानित स्रष्टा युवराज काफ्ले , सल्लाहकार हरिनारायण भट्टराईलगायतको कार्यक्रम उपस्थिति रहेको थियोे ।
झापा जिल्ला र भारतका प्राज्ञिक तथा बौद्धिक व्यक्तित्व साहित्यिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागीताबाट संस्थाको गरिमा विषयमा छलफल तथा अन्तरक्रियाले संस्थाको गरिमा कायम गर्न संस्थाप्रति गरिने नकारात्मक टिप्पणीलाई निरूत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संस्थाका सह संरक्षक तथा महासचिव गौरव श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।