चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित

खगिन्द्रा खुसी · भदौ ३१, २०८१ ८:५७ AM
Cover Image for News

चेतना प्रकाशन संस्था, विर्तामोड झापाको आयोजनामा पुरस्कार–सम्मान तथा काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । भदौ २९ गते कोहेड कलेज विर्तामोडको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, वरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्य, वरिष्ठ साहित्यकार सरोज ओली तथा प्राज्ञसभाका पूर्व सदस्य सुभद्रा भट्टराईको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

फोटो
सदस्य कमल गुरागाईंको संचालन तथा कोषाध्यक्ष भवानी क्षेत्रीको स्वागतबाट अघि बढेको कार्यक्रममा सर्वश्री गङ्गाप्रसाद उप्रेती, होम सुवेदी, शम्भुप्रसाद ढकाल, विरही अधिकारी तथा मैया खरेललाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । 

       कविहरु हरिप्रसाद नेउपाने, जेबी खत्री, विरही अधिकारी, परशुराम तिमसिना, डिल्लीराम परदेशी, अभागी थेगुवा, विन्दु दाहाल ‘मुकदर्शक’, होम सुवेदी, राजेन्द्रकश्यप अधिकारी, मेघनाथ बन्धु, लक्ष्मी अच्युत ढुङ्गाना, सुभद्रा भट्टराई, आरती पोखरेल, मिना अधिकारी, हरिप्रसाद रिमाल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, डम्बर बस्नेत, गीता सुवेदी नेपाल, टीका भट्टराई नेपालद्वारा कविता वाचन गरिएको थियो । 

 

फोटो
  प्रमुख अतिथि लीला उदासी, विशिष्ट अतिथि सरोज ओली, सुभद्रा भट्टराई, डम्बर बस्नेतद्वारा  आज पुरस्कृत व्यक्तित्वहरुलाई बधाई तथा चेतना प्रकाशन संस्थाको चर्चा गर्दै शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेलले कार्यक्रमसँग परेका अनेकन प्रतिकूलताका बाबजुद यो उपस्थित सहभागीहरुको सद्भाव र मायाले कार्यक्रम भव्यरुपमा सम्पन्न हुन पाएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्रष्टाहरु जय आचार्य, त्रिलोचन सङ्ग्रौला, नर्वदा सङ्ग्रौला, पुष्प खनाल, कमला उप्रेती, प्रलेस कन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला, मधु खरेल, हरिनारायण भट्टराई, खुसी खरेल, भीम खवास, खगिन्द्रा खुसी, हेमनाथ अधिकारी, उर्मिला पौडेल, जयप्रसाद उप्रेती, कल्पना ओलीलगायत ५० भन्दा बढी स्रष्टाहरुको उपस्थिति थियो । कार्यक्रममा मोहनकुमार पाठकले पुरानो ‘झोडागीत’ गाएर सबैलाई स्तब्ध पारेको समाचार अध्यक्ष पुण्यप्रसाद खरेललद्वारा  प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य कविता literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४