झापा नाटक घरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
झापा १ बैशाख/ क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोडमा विशेष सांस्कृतिक कार्यक्रम गरी नव वर्षको शुभकामना आदानप्रदान गरिएको छ ।
क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भण्डारीको सभापतित्वमा गरिएको कार्यक्रममा कविता, गीत,गजल,मुक्तक र कमेडी प्रस्तुत गरिएको थियो । सरगम सङ्गीतालय बिर्तामोडका प्रशिक्षार्थीहरूको सामूहिक नृत्य,क्षितिज नाट्य प्रतिष्ठानका कलाकार एवम् केही अन्य कलाकार समेतको आकर्षक प्रस्तुतिबाट भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा डिपी शर्मा,लीला अधिकारी,सिरो सान्दाइ खतिवडा,कृष्ण सुवेदी निराकार,बिरही अधिकारी, हरिप्रसाद न्यौपाने, देवीचरण भण्डारी, नवराज घिमिरे, मोक्ष खतिवडा,लक्ष्मीअच्युत ढुङ्गाना,डिल्लीराम परदेशी,कृष्णप्रसाद मिश्र, गणेशप्रकाश आचार्य,लीला खत्री खतिवडा,दिपक रायमाझी,मोहनप्रसाद ओझा,शेखर भट्टराई, शेखर पौडेल,प्रतिभा पौडेल,सुरेन्द्र राई,सितल खनाल,ताराप्रकाश भट्टराई,सृष्टि आचार्यलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित स्रष्टा र कलाकारहरुले आ-आफ्ना सृजना तथा गायन नृत्य प्रस्तुति गरिएको थियोे।कार्यक्रममा बत्ती व्यवस्थापन र आवाजको प्राविधिक संयोजन नाट्य कलाकार विवेक मिश्रले गरेका थिए।

बाल कलाकारदेखि वरिष्ठ साहित्यकारका सिर्जना र कलाको रोमाञ्चक प्रस्तुतिले कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न हुनुका साथै कार्यक्रमका कुशल सञ्चालक कवि साहित्यकार तुलसीप्रसाद भट्टराईको सुन्दर सञ्चालनले अझ आकर्षण थपिएको थियो ।