चुलाचुलीमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

दिलिप घिमिरे · जेठ ३०, २०८१ ९:५४ PM
Cover Image for News

आज जनता माध्यमिक विद्यालय चुलाचुली - १ कमलको आयोजना तथा वडा न. १को आर्थिक संयोजनमा चुलाचुली गाउँपालिका अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता तथा बृहत साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ।
 नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मुनाराज शेर्मा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्नको  गरिएको हो।´विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन यस प्रकारको विद्यालय स्तरीय कविता प्रतियोगिता प्रभावकारी रहेको` शेर्माले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि चुलाचुली गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रीता पोख्रेलको उपस्थिति रहेको थियो ।

 कविता प्रतियोगिताको निर्णायकको भूमिकामा कवि अभागी थेगुवा,रिता पोख्रेल र दिलिप घिमिरे रहेका थिए ।प्रतियोगिताबाट क्रमशः शिवज्योति आधारभूत विद्यालयकि कोयल लिम्बू प्रथम ,जनता मा.वि.कमलकि  बर्षा खतिवडा दोस्रो ,भानु मा.वि.का उत्सव न्यौपाने तेस्रो र बालज्योति माविका सरोज रसाइली सान्त्वना स्थान ल्याउन सफल भएका थिए । विद्यार्थीहरूलाई जनही नगदसहित कार्यक्रमका प्रमुख अतिथि शेर्माले पुरस्कृत गरेका थिए ।

 विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सीता लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ जना कविहरुको प्रतियोगितामा सहभागीता रहेको थियो ।चुलाचुली गाउँपालिका वडा नम्बर -१ वडा कार्यालयको यस आ.व.मा विनियोजित पचास हजार रुपैयाँबाट कार्यक्रम सम्पन्न गरिएको  विशिष्ट अतिथि पोेख्रेलले शुभकामना मन्तव्यको क्रममा बताइन् ।   

photo
 कार्यक्रममा अतिथि  कवि अभागी थेगुवा,गजलकार दिलिप घिमिरे , कवि हेमन यात्री,शक्तिशाली कवि गगन योक्पाङ्देन,गजलकार निहाङ किराती,राजकुमार सुब्बा अनिश्चित,रुद्र प्रभात,सावित्रा सुमी लगायतले आ-आफ्नो सृजना वाचन गरेका थिए।                                                                                                    कार्यक्रममा आयोजक विद्यालयका प्रअ बिशाल देवान लिम्बूले शुभकामना राखेका थिए भने विद्यार्थीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।
गजलकार विवश बलिभद्र कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सुन्दर कुरुपले राखेका थिए ।कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक-शिक्षिका तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू