खोला
कविता
खोला
✍️ युनिशा खतिवडा
समय जस्तै हो खोला,
कहिल्यै नरोकिने,
आफ्नो बाटो हिँडिरहने,
कसैलाई नपर्खिने।
पानी पर्दा
खोला बढेर आउँछ,
कहिले घट्छ,
कहिले बढ्छ।
बाढी आउँदा
खबरै नगरी आउँछ,
कहिलेकाहीँ मानिसको
क्षति गराउँछ।
जे आउँछ खोलामा,
बगाएर लैजान्छ,
रोक्न खोजे पनि रोकिँदैन,
आफ्नै बाटो जान्छ।
समय जस्तै हो खोला,
कहिल्यै नरोकिने,
आफ्नो बाटो हिँडिरहने,
कसैलाई नपर्खिने।
©
कक्षा-९
सेभेन सिज अङ्ग्रेजी माध्यमिक विद्यालय
शिवसताक्षी-८ झिलझिले झापा
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू