साहित्यकार डा.खगेन्द्रप्रसाद दाहालको ‘मालिनी’ महाकाव्यको विमोचन
झापा ५ असोज /बिर्तामोडमा साहित्यकार डा.खगेन्द्रप्रसाद दाहालको पहिलो महाकाव्य ‘मालिनी’ आइतबार विमोचन गरिएको छ।
इलामका प्रसिद्ध कवि सोमनाथ निरौलाको प्रमुख आतिथ्य तथा प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीले अध्यक्षता कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि कवि सोमनाथ निरौला, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, आख्यानकार पुण्यप्रसाद खरेल, प्राज्ञ सुभद्रा भट्टराई, साहित्यकार भीम दाहाल,नवराज घिमिरे, विन्दु दाहाल मुकदर्शक ,लीलाप्रसाद अधिकारी, शिवकुमार पौडेल,भगवती ढुङ्गेल तथा उमानाथ दाहाल, कृतिकार डा.खगेन्द्रप्रसाद दाहाल, प्रकाशिका भगवती दाहाल लगायतले सामूहिक रूपमा महाकाव्य ‘मालिनी’ को विमोचन गरेका थिए।
विमोचित महाकाव्यको समीक्षा समालोचक भीम दाहाल र साहित्यकार होम सुवेदीले कृतिको समीक्षात्मक टिप्पणी गर्दै कृति उत्कृष्ट भएको प्रमाण दिएका थिए ।
बिर्तामोड-५,झापाका स्थायी वासिन्दा दाहालको कृतिगत हिसाबले मालिनी सातौँ कृति हो।उनको यस अघि मभित्रको महाभारत (कवितासङ्ग्रह), हिमस्पर्श (यात्राकाव्य),मनका भुल्काहरू (छन्द/बहर गजलसङ्ग्रह),हिँड्दाहिँड्दै (यात्राकाव्य), आकाङ्क्षाका पाइलाहरू (काव्यिक संस्मरण),
आमा (शोक/खण्डकाव्य)प्रकाशित भइसकेका छन्। 
कार्यक्रममा प्रमुख अतिथि सोमनाथ निरौला, विशिष्ट अतिथिहरू कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेलले महाकाव्यबारे शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिभा निकुञ्जका स्रष्टा हरिप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहित्यकार खगिन्द्रा खुशीले गरेकी थिइन्।