नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न

दिलिप घिमिरे · असोज ३, २०८३ ९:२६ AM
Cover Image for News

झापा ३ असोज /नेपाल लिटरेरी ग्रुपको आयोजना पोयट्री विद लाट्टे साँझ शुक्रबार सम्पन्न गरिएको छ। 
किरात मुन्दुम प्रतिष्ठान, मन्थन झापाको सहकार्यमा सर्जकहरुका सिर्जना वाचन गर्न तयार भएको अनप्लग वाचन श्रृङ्खलाको २१औं श्रृङ्खलामा युवा कविद्वय गगन  योक्पाङदेन र रेखा सापकोटा दासबाट भोटेकोसी बाढी  पीडितमा समर्पित मार्मिक कविताहरु वाचन गरेका थिए । 

फोटो
बाॅसुरीको सुमधूर धूनमा चिसो मौसममा तात्तातो कफिको चुस्की लिंदै तीन दर्जन बढी स्रष्टाले कविता वाचनको आनन्द लिएका थिए।
दमक नगरपालीका मेयर राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा आचार्य प्रभा, केशव आचार्य,प्राज्ञद्वय सुमित्रा वाङ्देल चेली र मुनाराज सेर्मा,कवि अभागी थेगुवा, विवश बलिभद्र कोइराला,सेलिङ केसी, केपी घिमिरे, विराट किराती, कृष्ण कस्याप, राजकुमार सुब्बा, चन्द्र सम्बाहम्फे, दिल भुटानी, दिपक राई, टीका राष्ट्रप्रेमी, जय मोक्तान, वैदिक अत्री, युगयोगी राई, उद्योगपति कृष्ण आङदेम्बे लगायतको उपस्थिति रहेको थियो

झापा,मोरङ,इलाम र आसपासका सर्जकहरुको उपस्थितिमा सम्पन्न हुदै आएको अनप्लगमा हालसम्म प्रतिष्ठित र अनुज समेतगरी चार दर्जनबढि सर्जकहरुले प्रस्तुति प्रस्तुत गरेर दमककै गरिमा बढाएको यस कार्यक्रमलाई आगामी दिनमा नगरले समेत सहयोग र साथ लिई काम गर्ने प्रतिबद्धता प्रमुख अतिथि थापाले बताए । 

नेपाल लिटरेरीका अध्यक्ष कवि प्रकास बुढाथोकीको अध्यक्षतामा युवाकवि दधि अज्ञातद्वारा सञ्चालित कार्यक्रममा कवि सानसेन पन्धाकले स्वागत मन्तव्य राखेका थिए भने प्राज्ञ मुनाराज शेर्माले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकास पारेका थिए ।

फोटो

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।