बिर्तामोडमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न

दिलिप घिमिरे · कार्तिक २४, २०८१ १०:०६ PM
Cover Image for News

बिर्तामोडमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न

२४ कार्तिक /आज चारपाने-१स्थित पिजा घरको सभाहलमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ।
 
स्विकारोक्ति फाउन्डेसनले अस्तित्वको न्यायिक सम्बोधन विषयक एक दिवसीय  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
 
कार्यक्रममा फाउन्डेशनका प्रमुख डेन्जोम साम्पाङद्वारा स्वीकारोक्ति सम्बन्धी विशेष डिस्कोर्श गर्दै यसको उद्देश्य र संरचनालाई प्रकाश पारिएको थियो । 
 
प्रकृति र मानव एकअर्काका परिपूरक हुन्छन् । प्रकृति रहुन्जेल  मानव बाँचिरहन्छ, मानव बाँचुन्जेल प्रकृति रहिरहन्छ । प्रकृतिसँग हातेमालो नगर्नुको परिणाम भयङ्कर हुनसक्छ त्यसैले समयमा नै सजग हुन जरूरी रहेको सेमिनारमा प्रष्ट पार्नुभएको थियो । 

 आजको विश्वले आ-आफ्नो अस्तित्व स्वीकार गर्नु पर्दछ अनि मात्र हरेक सम्बोधनहरू न्यायिक हुनेछन् भन्ने “स्वीकारोक्ति दर्शन” का मूल विषयहरू स्वीकारोक्ति फाउन्डेसनले सन २०२४मा पनि “स्वीकारोक्ति विश्व यात्रा”को क्रममा अगाडि बढीरहेको र निरन्तर रूपमा बढिरहने कुरा साम्पाङद्वारा व्यक्त गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले विश्वमा एकले अर्काको अस्तित्व  स्विकार गर्न सके मानवका समस्या समाधान हुदैं जाने बताउनु भयो ।यो दर्शनको व्याख्या सरल र नेपालीमा पनि तयार गरिनुपर्ने बताउनु भयो । 

कार्यक्रमका बरिष्ठ अतिथि प्राडा टंक न्यौपानेले यो दर्शनमा नेपाली माटोको सुगन्ध रहेकोले स्वीकारोक्ति दर्शनमा अपनत्व ग्रहण गर्न सकिने भएरै आफू प्रभावित भएको मन्तव्यको क्रममा बताउनु भयो।कार्यक्रममा भारतका साहित्यकार तथा स्वीकारोक्ति दर्शनका अभियान्ता मुक्ति बराल र साहित्य चौतारीका संस्थापक संरक्षक वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठले स्वीकारोक्ति फाउन्डेसनको योगदानलाई खुलेर प्रशंसा गर्नु भएको थियो ।
 

कार्यक्रममा अभियान्ता तथा साहित्यकार विवश बलिभद्र कोईरालाले स्वागत गरेका कार्यक्रमको सञ्चालन गजलकार तथा अभियन्ता दिलिप घिमिरेले गर्नु भएको थियो । 

कार्यक्रममा अभियान्ता खगिन्द्र खुसी, साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ र साहित्यकार मातृका संग्रौलाले कविताको माध्यमद्वारा कार्यक्रमको रौनक थप्नुभएको थियो । 

कार्यक्रममा अभियन्ताहरु अर्जुन उप्रेती,बालगोपाल गौतम,पत्रकार केशव भट्टराई ,पत्रकार भूपेन्द्र तिम्सिना सामाजिक व्यक्तित्व गोपाल मैनाली,क्यानेडाका सामाजिक व्यक्तित्व डम्बर वस्ती,भारत मणिपुरका साहित्यकार राहुल बोगी राई,धरानका उप-प्रध्यापक गिरिराज खतिवडा,भरत भावुक प्रसाई लगायत स्विकारोक्ति अभियन्तका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू