बिर्तामोडमा पुस्तक मेला, पठन संस्कृतिको विकास गर्ने उद्देश्य

Admin · असोज ७, २०८१ ११:०७ PM
Cover Image for News

७ असोज, बिर्तामोड ।   पठन संस्कृतिको विकास गरौँ भन्ने मुल नाराका साथ झापाको बिर्तामोडमा रहेको इशा बुक सेन्टरमा किताब मेला आयोजना गरिएको छ ।

झापा भित्रका  लेखकहरुद्वारा लेखिएका  सय भन्दा बढि पुस्तक  मेलामा राखिएको विर्ता रिर्डसका संयोजक तीर्थ सिग्देले बताउनु भयो । 

उहाँले मोफसलका लेखकले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाँले नगर भित्र साहित्यको प्रर्वद्वन गराउन किताब मेलाले अर्थपूर्ण भुमिका खेल्ने बताउनु भयो । 

उहाँले मदन पुरस्कार पाउने मध्ये ४ जना झापाकै भएको बताउँदै साहित्यमा झापाको योगदान प्रेरणादायी रहेको बताउनु भयो ।

किताब मेलामा नेपाल भरिका विभिन्न लेखकले लेखेका ९ सय भन्दा बढि पुस्तकहरु स्टलमा राखिएका छन् । 

घर तथा संघ संस्थाहरुमा  मिनी लाइब्रेरी निर्माण गर्न सामाजिक प्रेरणा जागृत होस भनि पुस्तक मेला आयोजना गरिएका संयोजक सन्तोश आर्चायले बताउनु भयो ।

कार्यक्रमकी प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले किताब छनोट गरी औपचारिकरुपमा किताब मेलाको उद्घाट्न गर्नुभयो ।

उहाँले प्रविधिको दुरुपयोग गर्दै सोसियल मिडियामा समय खेर फाल्नु भन्दा किताव पढ्ने बानी बसाल्न सबैलाई आग्रह गर्नुभयो ।

प्रसाईले किताब पढ्ने बानीले  मानिसलाई शालिन र समाजप्रति उत्तरदायित्वो बन्न सिकाउने बताउनु भयो ।

साहित्य पत्रकार मञ्चका संयोजक हरि बरालले सञ्चालन गर्नु भएको उद्घाट्न कार्यक्रममा  किताव मेलाको औचित्यमाथी विर्ता रिर्डसका संयोजक सिग्देले प्रकाश पार्नु भएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले कितावले शव्दको भण्डारमा बृद्वी गर्ने  भएकाले  किताब पढ्ने संस्कारमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले किताव मेलाले सम्पुर्ण पाठकको रोजाई एकै स्थानबाट पु्रा गर्ने बताउनु भयो ।किताब मेला असोज ७ गते देखि २३ गते असोज सम्म रहने छ ।

यस अवधिमा पुस्तक किन्ने ग्राहकका लागि ३० प्रतिशतको छुट प्रदान गरिएको छ ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।