बनारसमा विनोद चौधरीको ‘मेड इन नेपाल’पुस्तक सार्वजनिक

दिलिप घिमिरे · माघ २३, २०८२ ८:१० PM
Cover Image for News

झापा २२ माघ/नेपालका अर्बपति विनोद चौधरीको ‘मेड इन नेपाल’ नयाँ पुस्तकलाई भारतको धार्मिक सहर बनारसमा विमोचन गरिएको छ । 

वाराणसीमा आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ को अवसरमा चौधरीको पुस्तक बलिउडका चर्चित अभिनेता अनुपम खेरले सार्वजनिक गर्नुभएको हो।
चौधरीको यो पुस्तक उहाँको प्रेरणादायी जीवनकथामा आधारित रहेको छ। पुस्तकमा नेपालमा जन्मिएका सपनाहरूले विश्वमञ्चमा समेत स्थान बनाउन सक्ने सम्भावनालाई केन्द्रमा राखिएको बताइएको छ।
पुस्तकको सारांश प्रस्तुत गर्दै चौधरीले भन्नुभयो, “यो नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा आधारित छ।”
उक्त पुस्तक विमोचनसँगै बनारस लिट्रेचर फेस्टिभलमा नेपाली उद्यमशीलता,संघर्ष र सफलताको कथाले अन्तर्राष्ट्रिय पाठकको ध्यान आकर्षित गरेको छ।

आर्थिक रूपान्तरण,रोजगारी सिर्जना,औद्योगिक वृद्धि तथा देशव्यापी दिगो विकासलाई तीव्रता दिने कुरा गर्ने चोधरीको यो पुस्तकले जेनजी आन्दोलनपछि युवाहरूलाई उत्साहित पार्न सक्ने धेरैको निष्कर्ष रहेको छ ।

फोटो

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।