भताभुङ्गे चाला ' को लोकार्पण
'भताभुङ्गे चाला ' को लोकार्पण
देवीचरण भण्डारी 'सरोज'
हास्यब्यङ्ग्य निबन्धकार डम्बर वहादुर बस्नेतको ' भताभुङ्गे चाला' निबन्ध सङ्ग्रह दोस्रो संस्करणको बिर्तामोड स्थित कोहेड कलेजमा आज लोकार्पण तथा परिचर्चा गरिएको छ।
वरिष्ठ अधिवक्ता तथा साहित्यकार लीला उदासीको प्रमुख आतिथ्य, मेची क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुखद्वय कमल गुरागाई र उमानाथ ओली, आख्यानकार पुण्यप्रसाद खरेल,साहित्यकार राजेन्द्र कुमार सङ्ग्रौला, सहप्राध्यापक होम सुवेदी र तारा विविध, लोकगायक अनिरुद्र सङ्ग्रौला, लेखनाथ पुस्तकालय चन्द्रगढीकी का.वा. सभापति खगिन्द्रा खुसी, साहित्यकार तथा सञ्चारकर्मी शिरो सान्दाईको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा झापाली साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा लेक बस्नेत , कृतिको प्रकाशकहरमध्ये लेखक पत्नी सीतादेवी बस्नेत र छोरी गोमादेवी बस्नेतको पनि उपस्थिति रहेको थियो भने अर्की प्रकाशक लेखककी नातिनी आइसा खड्का विदृमा रहेकाले उपस्थिति हुन नसकेको जानकारी लेखकले लेखकीय मन्तव्यका क्रममा बताउनु भएको थियो।
सामूहिक राष्ट्रगान, ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनेट मौनधारण गरि सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट ब्यानरमा लेखिएका शब्दहरु वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने मञ्चासिन प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरुबाट कृतिको लोकार्पण गरिएको थियो।
लोकार्पित कृतिको परिचर्चा परिचर्चाकारद्वय होम सुवेदी र तारा विविधले गर्नुभएको थियो।
कार्यक्रममा गीतकार तथा गायक टीका भट्टराई नेपालले ' सुरिलो रुख सल्लै हो,खोजेको तिमीले कसलाई हो' बोलको गीत र खगिन्द्रा खुसीले थामेर छाड्यौ किन हातहरु , रोजेर किन छोड्यौ हातहरु.....' बोलको गीत गाउनुभएको थियो। कार्यक्रममा लेखक डम्बरबहादुर बस्नेतले लेखकीय मन्तब्य राख्नुभएको थियो। कविहरु झाँक्रीखोले तुलसीप्रसाद भट्टराई र मायामितु न्यौपानेले कविता वाचन गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि लीला उदासी र विशिष्ट अतिथि उमानाथ ओलीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रगतिशील लेखक संघ झापाको आयोजनामा भएको कार्यक्रमको सभाध्यक्ष प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीले गर्नुभएको कार्यक्रममा स्वागत मायामितु न्यौपाने र सञ्चालन दिलीप घिमिरेले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्षले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो।