भाषा ,साहित्य,कला,तथा संस्कृति प्रवर्द्धन कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · असार १६, २०८१ ११:३४ AM
Cover Image for News

11:24

You sent



शिवसताक्षी नगरपालिका वडा नं.३ पाराबारीको आयोजनामा `भाषा ,साहित्य,कला,तथा संस्कृति विकास कार्यक्रम´अन्तरगत विद्यालय स्तरीय कविता तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ।

 नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्नको गरिएको हो।´विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन यस प्रकारको प्रतियोगिता प्रभावकारी रहेको चेलीले बताइन्।कार्यक्रममा विशिष्ट अतिथि इलाम चुलाचुली विवश बलिभद्र कोइराला,दिलिप घिमिरे ,साहित्यकार सेलिङ केसी ,सुरेन्द्र घिसिङ्ग च्याङ्बा,गीतकार टीका भट्टराई नेपाल,गायिका मनिता लिम्बू,गजलकार प्रीति बस्नेत,बाँसुरी वाधक गणेश राई,पत्रकार किशोर राई,बन्दना नेम्बाङ्ग , शिक्षासेवी,समाजसेवी,बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रममा कविता प्रतियोगिताको निर्णायकको भूमिकामा साहित्यकार विवश बलिभद्र कोइराला र कवि सुरेन्द्र घिसिङ्ग च्याङ्बा रहेका थिए भने नृत्य प्रतियोगिताको निर्णायकमा गायिका लोचना लावती र गायिका भूमिका महरा रहेकी थिइन् । ।प्रतियोगिताबाट कविता र गायन विधामा प्राथमिक तह, आधारभूत तह र मावि तहका २२जना विद्यार्थीहरूले प्रथम ,दोस्रो ,तेस्रो र सान्त्वना स्थान ल्याउने सफल भएका थिए । कार्यक्रमकी प्रमुख अतिथि चेलीले पुरस्कृत गरेकी थिइन् ।p

photo

 शिवसताक्षी नगरपालिका वडा नं.३का वडा अध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मुना तामाङले स्वागत गरेकी थिइन् । वडा नम्बर -३वडा कार्यालयको यस आ.व.मा विनियोजित पच्चीस हजार रुपैयाँबाट कार्यक्रम सम्पन्न गरिएको मन्तव्यको क्रममा वडा अध्यक्ष न्यौपानेले बताए।आगामी दिनमा यो वजेट पचास हजार पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे।

 कार्यक्रममा आयोजकका तर्फबाट वडा सदस्य शंकर राईले शुभकामना मन्तव्य राखेका थिए भने विसि मेमोरियल स्कूलका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन गीतकार संजय राईले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक-शिक्षिका तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।


ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू