भारतका राजालाई दिव्यविक्रम स्मृति सम्मान

दिलिप घिमिरे · भदौ १४, २०८१ ८:५७ PM
Cover Image for News

जेठ १४गते/दिव्यविक्रम स्मृति सम्मान भारत दार्जिलिङ सुकुनाका कवि राजा  पुनियानीलाई प्रदान गरिएको छ ।

साहित्यकार तथा लोकतान्त्रिक योद्धा , स्वर्गिय दिव्यविक्रम नेम्बाङको पाँचौं स्मृति दिवसको अवसरमा आज पुरस्कार तथा सम्मान राजालाई प्रदान गरिएको हो।

  बिर्तामोड नयाँ बसपार्क स्थित राँके होटलको  सभाकक्षमा कार्यक्रम  भव्ययताका साथ प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता र आख्यानकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ।
  प्रसिद्ध  कवि तथा अनुवादक राजा पुनियानीलाई नगद रु ३० हजार नगद राशी सहित टोपी,मफलर र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा,अग्रज स्रष्टा विष्णुकुमार भट्टराई, हरिनारायण भट्टराई साहित्यकार नरेश शाही ( दार्जेलिङ) डि एल प्रधान (मिरिक)सुरज गुरुङ, गेहेन्द्र प्रधान (दार्जेलिङ) कविहरु चन्द्र गुरुङ,अमित थेवे,प्रदिप मेनेङ्वो, लिला अनमोल, चित्रा पौडेल, सुनिता तामाङ, अभागी थेगुवा, विराट किराँती, सेलिङ केसी, राजकुमार सुव्वा, हिम्मत नेम्बाङ,वन्दना नेम्बाङ, तिलकुमार नेम्बाङ,समिरबाबु कट्टेल, मेची पुत्र लगाएतका स्रष्टाहरूको बाक्लो उपस्थिती रहेको थियो। 

कवि सुन्दर कुरुपको स्वागत मन्तव्यपछि कवि प्रकाश थाम्सुहाङले दिव्यविक्रम नेम्बाङको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।प्राध्यापक अस्मिता विष्टले कवि राजा पुनियानीको व्यक्तित्व परिचय राखेकी थिइन् ।

कवि, अनुवादक तथा चिन्तकको पहिचान बनाएका पुनियानी नेपाली, हिन्दी, बंगाली तथा अंग्रेजी भाषामा साहित्य सृजना गर्ने शक्तिशाली स्रष्टा हुन्।
राजनीतिज्ञ, समाजसेवी एवं साहित्यकार नेम्बाङको स्मृतिमा स्थापित यो पुरस्कारबाट यसअघि कवि प्रकाश थाम्सुहाङ, साहित्यकार कृष्ण बराल र लेखक उपेन्द्र सुब्बा पुरस्कृत भइसकेका छन् । सीमापारिका सर्जकलाई भने पहिलो पटक यो पुरस्कार प्रदान गर्न लागिएको हो ।पुनियानीका ‘अर्को लस्कर’ र ‘तङसिङ’बहुचर्चित कविता कृति प्रकाशित छन् ।

 कार्यक्रममा मुनाराज शेर्मा,दिलकुमार नेम्बाङ,डि,एल, प्रधान, कुमार भट्टराई, नरेश शाही लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कविहरु अभागी थेगुवा, लिला अनमोल, राजकुमार सुब्बा, चित्रा पौडेल, सुनिता तामाङ,चन्द्र गुरुङ,अमित थेवे लगाएतले आफ्ना शक्तिशाली रचना प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन साहित्यकार विवश बलीभद्र कोइरालाले गरेका थिए।
 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।