भानु

Admin · मंसिर १९, २०८० २:१८ PM
Cover Image for News

न नेपाली भाषा सत रहन सक्थ्यो उनि बिना
न हुन्थ्यौँ मालामा सब भव उनेका उनि बिना ।
न गाउँ या बस्ती, घर शहर रामायण बनी
दियालो झैँ बल्दै हर मुटु समाते कण बनी ।।

अहो घाँसी तिम्रो कुन गगन भूमा उदय भो’
भयो पक्का साँच्चो जगत रज हुँदा उदय भो’ ।
जहाँ तिम्रा थोरै वचन पनि आत्मा हुन गए
भए सारा तिम्रै, जल थल र प्राणी पनि भए ।।

बिना तिम्रो गाथा न त छ कविता सार्थक यहाँ
बिना तिम्रो आत्मा न त छ सरिता पावन यहाँ ।
छुने भित्रै कस्तो सरस रचना पर्वत सखा
दियौ अँध्यारोमा झलमल दियो लोचन सखा ।।

नमान्ने को होला, अमर निधि हौ पुस्तक तिमी
बगेका छौ हर्दम रगत धमनी अक्षर बनी ।
जमानाले कोल्टे खुब कुशल फेर्यो तर यहाँ
तिमी उस्तै बाँच्यौ अमर यश उस्तै वशु यहाँ ।।

म उर्वीको छाँया र नवरत तारा निर बसुँ
र गंगा तिम्रो नै अनुचर सदा भै बगिरहुँ ।
हुनेछन् औँला तत्पर नमनका खातिर सधैँ
रही भाषाको त्यो शुभ चरणमा खातिर सधैँ ।।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६