भानुको सम्झना

खगिन्द्रा खुसी · साउन २, २०८१ १०:०३ PM
Cover Image for News

 हुने नै थ्यो पक्का विवश कविता खास सवका |
 हराएका हुन्थे आफैँ सकल सपना दास हरुका ||
 डुबे गाडी कैयौँ सडक किन भो त्राश छ अझै |
 लुटेरै कब्जा भो रगत पसिना आश छ अझै ||
 
 कुला गर्दै थुक्दा पनि किन भयौँ शान्त यसरी |
 लुछेरै भाषाको गहन ममता जान्छ कि मरी ||
 तिमीथ्यौ भाषाको अडिग सपना सान जसको |
 थियो पक्का केही चिज हृदयमा भानु रसको ||
 
 हरायो अँध्यारो सकल सबको दीपक जली |
 बगैँचामा फुल्थे ढकमक जुही या मखमली ||
 बगैँचा माली ती तब हुन सके फूल छ भने |
 र पानी हाल्नेछन् नव युवक ती सुन्दर बने ||
 
 थिचिन्छौ की  हामी दिनहुँ सबका सारथि बनी |
 लुटे सारा हीरा, सुन र ढुकुटी नायक भनी ||
 बलात्कारी सत्ता भन किन भयो कारण उही |
 चुसे हाम्रा रातो रगत पसिना मच्छड सरि||

ट्यागहरू:
सहित्य कविता literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६