भानुको सम्झना
हुने नै थ्यो पक्का विवश कविता खास सवका |
हराएका हुन्थे आफैँ सकल सपना दास हरुका ||
डुबे गाडी कैयौँ सडक किन भो त्राश छ अझै |
लुटेरै कब्जा भो रगत पसिना आश छ अझै ||
कुला गर्दै थुक्दा पनि किन भयौँ शान्त यसरी |
लुछेरै भाषाको गहन ममता जान्छ कि मरी ||
तिमीथ्यौ भाषाको अडिग सपना सान जसको |
थियो पक्का केही चिज हृदयमा भानु रसको ||
हरायो अँध्यारो सकल सबको दीपक जली |
बगैँचामा फुल्थे ढकमक जुही या मखमली ||
बगैँचा माली ती तब हुन सके फूल छ भने |
र पानी हाल्नेछन् नव युवक ती सुन्दर बने ||
थिचिन्छौ की हामी दिनहुँ सबका सारथि बनी |
लुटे सारा हीरा, सुन र ढुकुटी नायक भनी ||
बलात्कारी सत्ता भन किन भयो कारण उही |
चुसे हाम्रा रातो रगत पसिना मच्छड सरि||
ट्यागहरू:
सहित्य
कविता
literature
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५