भोक

देवान किताती पोष्ट-दिलिप घिमिरे · भदौ २५, २०८१ ७:४७ PM
Cover Image for News

भोक
                   - देवान किराती
 भोकले सबै सबै खान्छ।
 म भोको छु
 ऊ भोको छ ।
 यहाँ सबै सबै भोका छन् ।

भोकैले हो
 मानिसले माटो-ढुङ्गा खाएको
 ढुङ्गा माटोले मानिस खाएको ।

भोकैले खाएको हो
 सहारा मैदानको सारा पानी
 त्यहाँका हरियो जवानी ।

भोकैले हो
 अध्यारोले घाम खाएको
 उज्यालोले खाएको हो अँध्यारो ।

भोकैले हो, देवताले खाएको बलि ।

भोकले नै हो खाएको
 सत्ययुग
 त्रेतायुग
 द्वापरयुग
 र ,समयको
 भोकले नै खाने छ एक दिन, 
 यो कलि ।

यो भोक र भोकाहरुको भिडमा 
 मृत्यु अझै बढ़ी भोको छ।
 मृत्युको यही भोकले
 हरक्षण खाइरहेछ यो ब्रम्ह
 र खाइसक्ने छ
 यी सारा भोकाहरु नै ।

भोक
 यत्ति खतरनाक छ कि
 यत्ति बलवान छ कि
 यी सारा खाइसक्ने मृत्यु खाएर पनि
 भोक आफू समेत भोकै मर्ने छ ।।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६