भोक

भोक
- देवान किराती
भोकले सबै सबै खान्छ।
म भोको छु
ऊ भोको छ ।
यहाँ सबै सबै भोका छन् ।
भोकैले हो
मानिसले माटो-ढुङ्गा खाएको
ढुङ्गा माटोले मानिस खाएको ।
भोकैले खाएको हो
सहारा मैदानको सारा पानी
त्यहाँका हरियो जवानी ।
भोकैले हो
अध्यारोले घाम खाएको
उज्यालोले खाएको हो अँध्यारो ।
भोकैले हो, देवताले खाएको बलि ।
भोकले नै हो खाएको
सत्ययुग
त्रेतायुग
द्वापरयुग
र ,समयको
भोकले नै खाने छ एक दिन,
यो कलि ।
यो भोक र भोकाहरुको भिडमा
मृत्यु अझै बढ़ी भोको छ।
मृत्युको यही भोकले
हरक्षण खाइरहेछ यो ब्रम्ह
र खाइसक्ने छ
यी सारा भोकाहरु नै ।
भोक
यत्ति खतरनाक छ कि
यत्ति बलवान छ कि
यी सारा खाइसक्ने मृत्यु खाएर पनि
भोक आफू समेत भोकै मर्ने छ ।।
ट्यागहरू:
साहित्य
टिप्पणीहरू

यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू

आफूसङ्ग एक्लै - गण्डकी पुत्र
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - बिहिबार ८ मई २०२५

गण्डकीपुत्रको कविता - एउटी आमाको बयान !
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - सोमबार ५ मई २०२५

नयाँ वर्ष २०८२
कवि-उमानाथ दाहाल पोष्ट-दिलिप घिमिरे - सोमबार १४ अप्रिल २०२५

म र म
पातलो अन्तरे पोष्ट दिलिप घिमिरे - शुक्रबार २१ मार्च २०२५