असमको शोणितपुरमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा विविध कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · पौष २७, २०८२ ८:५४ AM
Cover Image for News

झापा २७पुस/असमको शोणितपुर जिल्ला अन्तर्गत चारिद्वार क्षेत्रमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा आयोजना गरिएको खेलकुद दिवस तथा साहित्यिक प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 
उक्त कार्यक्रमको सफल आयोजनाका लागि असम राइफल्सले आवश्यक सहयोग प्रदान गर्दै युवा विकास,साहित्य ,शिक्षा र राष्ट्र निर्माणप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। 

शनिबार सम्पन्न यस कार्यक्रममा असम राइफल्सले टेन्ट, खानेपानी लगायतका आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराएको थियो।
विद्यार्थी,अभिभावक तथा स्थानीय समुदायको ठूलो सहभागिताबीच कार्यक्रम सहज, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको हो।

 कार्यक्रमका क्रममा असम राइफल्सका जवानहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूलाई शिक्षासँगै खेलकुदमा पनि उत्कृष्टता हासिल गर्न प्रेरित गरे। साथै, लक्ष्यप्रति इमानदार भई निरन्तर मेहनत गर्न र भविष्यमा सफल नागरिक बन्न हौसला प्रदान गरे। 

कार्यक्रमको अन्त्यमा आयोजित पुरस्कार वितरण समारोह मार्फत खेलकुद तथा साहित्यिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो।
 असम राइफल्सले आगामी दिनहरूमा पनि युवाको प्रतिभा पहिचान, सर्वाङ्गीण विकास तथा शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले नर्थ इस्ट एजुकेशनल ट्रष्टका यस्ता सकारात्मक पहलहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 शिक्षा,साहित्य ,खेलकुद र राष्ट्र निर्माणप्रति सकारात्मक सन्देश प्रवाह गर्न असम राइफल्सको यो सहयोगात्मक पहलप्रति स्थानीय शोणितपुरवासी हर्षित भएका छन्।

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।