असमका भाषा सेनानी तारापति उपाध्याय भवन उद्घाटन
गत २२ सेप्टेम्बर, २०२४ को दिन असम राज्यको ओदालगुडी जिल्लामा एक साहित्यिक कार्क्रम सम्पन्न भएको छ । अJदालगुढीको विश्वशान्ति नेपाली विद्यामन्दिर परिसरको ‘असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समिति’को कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा ‘भाषा सेनानी तारापति उपाध्याय भवन’को उद्घाटन गरिएको थियो । नेपाली भाषा साहित्यको साधनामा जीवन विताएका तारापति उपाध्यायको निधन पश्चात उनको स्मृतिमा नर्माण गरिएको सो भवनको उद्घाटन माननीय विधायक गोविन्दचन्द्र बसुमतारीद्वारा गरिएको थियो ।
उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा ‘असम नेपाली साहित्य सभा’का कार्यकारी सभापति डा. चिन्तामणि शर्मा र महासचिव श्रीमान् मदन थापाको मुख्य आतिथ्य रहेको कार्यक्रममा टाउन कमिटीका चेयरम्यान श्रीमान् राकेश बोडो, साहित्य अकादमी पुरस्कार प्रापक तथा राज्यिक कृती शिक्षक – श्रीमान् पुष्पधर शर्मा, राष्ट्रिय कृती शिक्षक महाकवि विद्यापति दाहाल, असम गोर्खा सम्मेलनका सचिव डा. रमेश दाहाल, बिटिआर क्षेत्रीय समिति आग्सुका सभापति - श्रीमान् रोहित दाहाल, शोणितपुर जिल्ला समिति, अनेसासका कार्यकारी सभापति – श्रीमान् दीनानाथ निरौला, मूल सचिव – महिम आचार्य, महिला प्रकोष्ठ ओदालगुडी जिल्ला – सभापति – कल्पना छेत्री, हाम्रो स्वाभिमान, असम प्रान्तका अध्यक्ष - नारायण उपाध्याय, ओदालगुडी जिल्ला समिति, अगोसका सभापति - श्रीमान् पवन शर्मा, ओदालगुडी महाविद्यालयका पूर्व अध्यक्ष – श्रीमान् टङ्कबहादुर छेत्री, ओदालगुडी जिल्ला साहित्य सभाका पूर्व अध्यक्ष – देवराज सापकोटा आदिको आतिथ्य रहेको थियो साथै थुप्रै संस्था-सङ्गठनका नेतृत्व र ओदालगुडी जिल्लाका सम्पूर्ण शाखा अनि जनमानसको उपस्थिति समेत कार्यक्रममा रहेको कुरा असमका स्रस्टा लक्ष्मण अधिकारीबाट प्राप्त भएको छ । उक्त भवन विधायक पुँजीबाट विधायक गोविन्दचन्द्र बसुमतारीले प्रदान गरिएको थियो भने कार्यक्रममा विधायक बसुमतारी डा.चिन्तामणि शर्मा र श्रीमान् राकेश बोडोद्वारा सारगर्भित मन्तव्य राखिएको थियो ।