असम राज्यको ओदालगुडी खौराङ्गमा ३३औं भाषा मान्यता दिवस पालन

असम राज्यको ओदालगुडी खौराङ्गमा असम नेपाली साहित्य सभा, असम गोर्खा सम्मेलन-खौराङ्ग शाखाको संयुक्त आयोजनामा ३३ औँ भाषा मान्यता दिवस पालन गरिएको । गत २० अगस्त, २०२४ को दिन बिहान ९ बजे दुवै संस्थाको झण्डोत्तोलन गरी सुरु गरिएको सो कार्यक्रममा असम गोर्खा सम्मेलन, खौराङ्ग शाखाका सभापति किशोर सिर्पालीको सभापतित्व रहेको थियो भने राष्ट्रिय कृती शिक्षक तथा विशिष्ट साहित्यिक विद्यापति दाहालको विशिष्ट आतिथ्य रहको थियो।शान्ता सिर्पालीको सञ्चालन रहेको उक्त कार्यक्रममा कविगोष्ठी भएको थियो भने भाषा आन्दोलनको ऐतिहासिक विश्लेषण विशिष्ट साहित्यकार पुष्पधर शर्माले विस्तृत रूपमा र असम नेपाली साहित्य सभाका विषयमा मन्तव्य व्यक्त गरेका थिए भने ओदालगुडी जिल्ला समितिका अध्यक्ष लक्ष्मण अधिकारीले सङ्क्षिप्त मन्तव्यका क्रममा असम प्रदेशलाई भाषा आन्दोलनमा नेतृत्व दिने भाषा सङ्ग्रामी तारापति उपाध्यायको स्मरण गर्नुका साथै भाषा आन्दोलनका प्रमुख नेतृत्व दिलकुमारी भण्डारी र नरबहादुर भण्डारीको योगदानबारे चर्चा, साथै आनन्दसिंह थापा, रतनलाल ब्राह्मणहरूले भाषाप्रति ल्याएको जागरुकताबारे पनि चर्चा गरेका थिए ।
भाषा मान्यता दिवस पालनका कार्यसूचीहरूको सफल समापनमा मखमली महिला समिति र लालीगुराँस युवक सङ्घको आतिथ्य प्रशंसनीय रहेको कुराको असमका स्रष्टा लक्ष्मण अधिकारीबाट प्राप्त भएको छ ।




