अखबार
बिहानै आइपुग्छु
तिम्रो घरमा
चाहे तिमीले पसलबाट ल्याउ
वा 'हकर'ले फालेर जाओस् ।
केही चाख मानेर
तर धेरै दिक्क मानेर पढ्छौ,
चियासँगै मेरा पानाहरू पल्टाएर
तिमी आफूलाई 'अपडेट' बनाउँछौ
केही समाचार त भात पकाउँदै गरेकी
श्रीमतीलाई पनि सुनाउँछौ ।
०
पढ़िसकेर थन्काउँछौ एकातिर
अनि केही पोको पार्न
वा ऐना सफा गर्न निकाल्छौ
तै पनि उब्रिएँ भने
कुनै कबाडीलाई बेचेर
केही रुपियाँ असुल्छौ, मेरो नाममा ।
०
अचेल, अनलाइन भन्ने
सौता भित्रिएकी छिन् मेरो संसारमा
मलाई हेप्न थालेका छन् , मान्छेहरू
नढाँटी भन त –
के अचेल तिमीलाई मन लाग्दैन
मलाई स्पर्श गर्न
र, एक फेर मात्र होइन
घरीघरी प्रयोग गरिरहन ?
००
- राजेन्द्र शलभ
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५