अखबार
बिहानै आइपुग्छु
तिम्रो घरमा
चाहे तिमीले पसलबाट ल्याउ
वा 'हकर'ले फालेर जाओस् ।
केही चाख मानेर
तर धेरै दिक्क मानेर पढ्छौ,
चियासँगै मेरा पानाहरू पल्टाएर
तिमी आफूलाई 'अपडेट' बनाउँछौ
केही समाचार त भात पकाउँदै गरेकी
श्रीमतीलाई पनि सुनाउँछौ ।
०
पढ़िसकेर थन्काउँछौ एकातिर
अनि केही पोको पार्न
वा ऐना सफा गर्न निकाल्छौ
तै पनि उब्रिएँ भने
कुनै कबाडीलाई बेचेर
केही रुपियाँ असुल्छौ, मेरो नाममा ।
०
अचेल, अनलाइन भन्ने
सौता भित्रिएकी छिन् मेरो संसारमा
मलाई हेप्न थालेका छन् , मान्छेहरू
नढाँटी भन त –
के अचेल तिमीलाई मन लाग्दैन
मलाई स्पर्श गर्न
र, एक फेर मात्र होइन
घरीघरी प्रयोग गरिरहन ?
००
- राजेन्द्र शलभ
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६