ऐना हो म!
![Cover Image for News](https://nepalisahitya.com/storage/103/01HQX7EA583ETSZXXH15PZKSXP.jpg)
ऐना हो म!
मेरो के दोष….?
हो म! ऐना !!
सफा गरी हेर्यौ भने
छवि देखाउने मेरो काम।
म बाट देखीएको आफ्नै छविमा
बिश्वास छैन भने
मेरो के दोष?
बरू,
आफ्नौमा मनचाहे परिवर्तनको प्रयास गर।
जतापटी फर्कीएर हेर्छौ
उतैको छाया म मा देख्छौ,
दृष्टि भ्रमित हुन्छौ भने
मेरो के दोष?
बरू, पुन हेरी यथार्थको बोध गर।
म पनी कसैबाट निर्मित वस्तु,
आफुलाई नसुल्झाई
ममा रीस फेर्छौ भने
मेरो के दोष?
बरू, एकै छीन शान्त रही
आफ्नो कमजोरी महसूस गर।
टिप्पणीहरू
![User](https://nepalisahitya.com/images/user.png)
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
![तिमीले छोएको पानी चल्दैन!!](https://nepalisahitya.com/storage/90/01HJP468KHANMR31BPY33HWPWX.jpg)
तिमीले छोएको पानी चल्दैन!!
Admin - बुधबार २७ डिसेम्बर २०२३