ए अन्तरे !

Admin · मंसिर १९, २०८० २:१३ PM
Cover Image for News

ए अन्तरे ! 
मैले आफ्नै अगाडि 
तारा खसेको देखेको छु 
सगरमाथा चढनेहरु  
फेदमा झरेको देखेको छु 
समुद्र पुग्ने खोला पनि 
बाफ भएको देखेको छु 
तिमी के भन्छौ अन्तरे ?
मैले चर्खा घुमेको देखेको छु 
घाम डुबेको देखेको छु 
पूर्णिमा मात्र होइन 
औंसी पनि देखेको छु 
मुस्कान हेर्दाहेर्दै 
मधुस भएको देखेको छु 
मेरै अगाडि स्वर्ग पनि 
नर्क बनेको देखेकोछु 
दिन मात्र होइन अन्तरे 
रात परेको पनि देखेको छु 
तिमी बस्ने धर्ती 
मैले पनि टेकेको छु 
यति मात्र बुझ 
साउने भेल देखेको छु 
हुरी बतास देखेको छु 
मेरै अगाडि
बहुलाएर शान्त भएको देखेको छु 
हजार दर्शनहरु मृत्यु अगाडि 
घुँडा टेकेको देखेको छु 
तिमी को हौ र ?
हिटलर संसार जित्दै 
लाचार ! हारेको देखेको छु 
ए  अन्तरे ! 
मैले आफ्नै अगाडि 
तारा खसेको देखेको छु 
भष्मासुर भष्म भएको देखेकोछु 
भरी भाँडा खाली भएको देखेको छु 
शक्तिशाली घाम डुबेको देखेको छु 
चर्खा घुमेको पनि देखेको छु

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५