अभिनव साहित्यले गर्यो आँसु कविता लेखन प्रतियोगिता सम्पन्न

दिलिप घिमिरे · असोज ४, २०८१ ८:०५ PM
Cover Image for News

अभिनव साहित्यले आँसु कविता लेखन प्रतियोगिता सम्पन्न  

काठमाडौं /अभिनव साहित्य समाजले आज प्रसिद्ध आख्यानकार रमेश विकलको नाममा स्थापित बाल प्रतिभा पुरस्कारका लागि मा वि स्तरीय आँसु  कविता लेखन तथा वाचन प्रतियोगिता  सम्पन्न गरेको  छ । 
 कार्यक्रम  प्रमुख आमन्त्रित साहित्यकार खोलाघरे साहिंलो हुनुहुन्थ्यो भने अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभएको थियो । 

आँसु कविता लेखनका लागि दिइएका ३ विषय शिर्षकमध्ये-" हजुरबुबा ,हजुरआमा र म"  शिर्षकमा -१२ जना," सगरमाथा" शिर्षकमा १३ जना र"मेरो जीवनको लक्ष्य" शिर्षकमा ११ जना  विद्यार्थीहरूले प्रतिस्पर्धा  गरेका थिए । 

 प्रतियोगितामा सहभागी विद्यालयहरूमा-कान्तिभैरव गुरुकुल,गोकर्णेश्वर महादेव मा वि , उत्तरवाहिनी बोर्डि स्कुल,रिडर्स इन्टरनेशनल मोडल स्कुल, शुभ मा वि ,लिम्पिया विद्यालय,एम्बेस्डर एकेडेमी ,त्रिकोण पब्लिक विद्यालय,आइलेन्स अंग्रेजी मा वि , सरस्वती  मा वि ,विद्यासागर स्कुल,जेनेसिस एकेडेमी ,होली ग्रीन तारा चाइल्ड हेभेन स्कुल, विद्या व्यायाम मा वि ,अरुणोदय मा वि , चामुण्डा मा वि , बालसंसार मा वि र अलमाईटी आइडल मोडर्न स्कुल सहभागी  थिए ।

 प्रतियोगिताको निर्णायक मण्डलमा छन्दकवि रञ्जु दाहाल,परशुराम पराशर र मेनका पोखरेल आचार्यको निर्णयबाट बालसंसार मा वि का कृसप पौडेल  प्रथम, कान्तिभैरव गुरुकुलका पुसप खरेल द्वितीय , विद्या व्यायाम मा वि का सविन सुनार तृतीय, ग्रीनताराका- पारस ढोली चतुर्थ र विद्यासागर कि सञ्जु राई पाँचौ पुरस्कृत भएका छन् ।

 विजेताहरूलाई  नगद क्रमशः ५ हजार ,३ हजार,२ हजार , र १/१ हजारका साथै कविता,बाल साहित्य ,गजल र मुक्तकका पुस्तकहरू पनि पुरस्कारस्वरूप वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि खोलाघरे साइलोले जानकारी दिनुभयो।  
 कार्यक्रममा नवराज पुडासैनी ज्योत्स्ना,घनश्याम  प्रसाईं,बी पी इलामे,विभिन्न  विद्यालयका शिक्षक प्रतिनिधि उपस्थित  हुनुहुन्थ्यो ।

 कार्यक्रममा प्रमुख आमन्त्रित खोलाघरे साहिंलोबाट मन्तव्य सहित कविता वाचन, रञ्जु दाहाल,परशुराम पराशर, सुशील आचार्य,सुरेशचन्द्र घिमिरे,शारदा पराजुलीले सृजना वाचन र विजय चालिसे,गोविन्द घिमिरे वेदमणिबाट मन्तव्य र प्रकाश सिम्खडाबाट केही मीठो बात गर... नारायण गोपालको गीत प्रस्तुत गर्नुभएको थियो ।
 भैरव स्मृति भवन नयाँ वस्ती जोरपाटीको सभाहलमा भएको सो कार्यक्रमको सञ्चालन शारदा पराजुलीले गर्नुभएको थियो भने विशेष आमन्त्रितमा रमेश विकलका सुपुत्र विजय चालिसे हुनुहुन्थ्यो  ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।