अभागीको सपनाहरूको बहीमाथि इटहरीमा बिमर्श

दिलिप घिमिरे · असोज १२, २०८१ ९:२२ PM
Cover Image for News

अभागीको सपनाहरूको बहीमाथि इटहरीमा बिमर्श

१२असोज /साहित्यकार अभागी थेगुवाको सपनाहरूको बही कृतिको विमर्श गरिएको छ ।
 साहित्यकार अभागी थेगुवाको सपनाहरूको बही कविता सङ्ग्रहको विमर्श याक्थुङ भाषा साहित्य समाजको आयोजनामा इटहरीमा सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले च्याब्रुङ बजाएर गरेका थिए ।उनले कवि थेगुवालाई कवितामा विज्ञान प्रविधि  र गणितीय चिन्हहरुको प्रयोग गरेर यो कविता सङ्ग्रहको प्रतिपादन गरेको हुनाले आइन्सटाइन कविको उपमा दिएका छन्।

स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको यो नविनतम कृति हो।यो कविता कृति पहिचान पुरस्कार २०८०को उत्कृष्ट ८ मा समेत  छनौट भएको छ।
 मिथकहरुको अधिकतम् प्रयोग गरिएको यो सपनाहरूको बही एक उत्कृष्ट कविता कृति बनेको छ।पहिचान विश्वव्यापी ट्रेन हो।कविले आफ्नो सांस्कृतिक पृष्ठभूमिबाट यो कविता कृतिको जन्माएको हुनाले।कविको सौर्न्दर्य नै पहिचान भएको बिमर्श कार्यक्रममा शक्तिशाली कवि मनु मञ्जिलले बताए ।

कृतिको विमर्श
कार्यक्रममा कवि थेगुवाको सपनाहरूको बहीको प्यानल डिस्कस्को सहजकर्ता अमित थेवेले कलात्मक ढंगबाट भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा प्रखर कविहरु मनु मञ्जिल, देवान किराँती र टीका आत्रेयले कृतिलाई मसिनो गरि केलाएका थिए ।
साधारण,सौम्य र रचनात्मक रूपमा प्राय साहित्यिक  कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको वही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।

नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको बिमर्श कार्यक्रममा तीनजानै समीक्षकहरुले समीक्षात्मक टिप्पणी राखेका थिए ।
 गणितीय चिन्हहरुको प्रयोग गरि शक्तिशाली  कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए ।

photo
कार्यक्रममा विशेष अतिथि वि तथा कोशी प्रदेश सांसद मिना श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा कवि थेगुवको सपनाहरूको बही कविता कृतिबाट कविहरुले कविता वाचन समेत गरेका थिए ।
कवि सेलीङ केसी ,राजकुमार सुब्बा अनिश्चित,हेमन यात्री,बद्री भिखारी,गजलकार याम थुलुङ,सुनिता तामाङ ,रुमानी कुलुङ,गीतकार दिलिप राई सगर लगायतका अन्य साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे।
 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।