आफूसङ्ग एक्लै - गण्डकी पुत्र

गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी · वैशाख २५, २०८२ ९:२९ PM
Cover Image for News

 हेर्दैन कसैले आफू तिर
 र मिलाउनु पर्दैन आफूले 
 लगाएको लुगा 
 कोर्नु पर्दैन कपाल 
 काट्नु पर्दैन बेछाटसङ्ग 
 उम्रीएर अनुहार छोप्न लागेको दाह्री 
  जसरी खाएपनी 
  फरक परेन खाना
  एक्लै भएपछी 
  गर्न पाइने रहेछ मनमा लागेको कुरा ।

    स्वाङ्ग पारेर बोल्नु परेन
   औपचारिक हुनु परेन    
    कसैको चियोचर्चोको 
    बहस र तर्कको 
    प्रशसा या गालीको सिकार हुन परेन
    एक्लो भएपछी 
    न मायालुको गाली न रिसाएको घुर्की 
     मायालु नै नभएपछी न कविता
     न प्रेम पत्र ,
     एक्लो भएपछी प्रेमपनी 
     एक्लो हुने रहेछ ।

      एक्लै आनन्दले बजाएर पात
      पिपलले पनि गाएकै छ गित 
      एक्लै घामको प्रकाशले
      चम्किएकै छ धर्ती 
      एक्लै बग्छ खोला 
      एक्लै हुन्छ समुन्द्र 
      र पनि गाइन्छ तिनकै गित 
      ध्यानमा बुद्ध एक्लै थिए 
      एक्लै थिइन मदर टेरेसा
      एक्लै थिइन पारिजात
      र पनि लेखियो 
       उनकै गाथा ।

      म एक्लो एक्लै
      हिड्ने अठोट गर्दैछु
      एक्लो बाटोमा !
       एक्लो भएपछी 
       हेर्नू परेन कसैको बाटो 
       र खर्चनु परेन ब्यर्थमा
       मुल्यवान समय !
      
 

ट्यागहरू:
सहित्य कविता संगित
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५