आफूसङ्ग एक्लै - गण्डकी पुत्र

हेर्दैन कसैले आफू तिर
र मिलाउनु पर्दैन आफूले
लगाएको लुगा
कोर्नु पर्दैन कपाल
काट्नु पर्दैन बेछाटसङ्ग
उम्रीएर अनुहार छोप्न लागेको दाह्री
जसरी खाएपनी
फरक परेन खाना
एक्लै भएपछी
गर्न पाइने रहेछ मनमा लागेको कुरा ।
स्वाङ्ग पारेर बोल्नु परेन
औपचारिक हुनु परेन
कसैको चियोचर्चोको
बहस र तर्कको
प्रशसा या गालीको सिकार हुन परेन
एक्लो भएपछी
न मायालुको गाली न रिसाएको घुर्की
मायालु नै नभएपछी न कविता
न प्रेम पत्र ,
एक्लो भएपछी प्रेमपनी
एक्लो हुने रहेछ ।
एक्लै आनन्दले बजाएर पात
पिपलले पनि गाएकै छ गित
एक्लै घामको प्रकाशले
चम्किएकै छ धर्ती
एक्लै बग्छ खोला
एक्लै हुन्छ समुन्द्र
र पनि गाइन्छ तिनकै गित
ध्यानमा बुद्ध एक्लै थिए
एक्लै थिइन मदर टेरेसा
एक्लै थिइन पारिजात
र पनि लेखियो
उनकै गाथा ।
म एक्लो एक्लै
हिड्ने अठोट गर्दैछु
एक्लो बाटोमा !
एक्लो भएपछी
हेर्नू परेन कसैको बाटो
र खर्चनु परेन ब्यर्थमा
मुल्यवान समय !




