सुसाना र बुज्रुकहरु

आभास रिखाम मगर · मंसिर २७, २०८० ३:१६ PM
Cover Image for News

नानकिङमा निर्दोष सुसानाहरु 
परिस्थितिको कालो चक्रब्युमा परेर 
प्राण पखेरु त्यागेको इतिहास 
अझै मक्किसकेका छैनन् 

इन्द्रेणीमा फर्फराईरहेको 
रातो रंग 
रजस्वला हुन अगाबै 
छिन्न-भिन्न बनाईएको 
अस्तित्वका दागहरु हुन् 
अझै त्यो दागहरु 
दिनानु- दिन बढिरहेका छन्/ घट्नुपर्ने हो 

आदिम सताब्दीका 
बुज्रुकहरु 
बाटो कुरेर 
'ब्लकमेल' गरि 
बैंसको निर्जन जंगलमा
अस्तित्व लुट्थे 

तर अहिले 

सुसानाहरु 
बैंसको बजारमा बेच्चिरहेका छन् 
त कोहि 
कर्कलाको पातबाट हाम फालेर 
आत्महत्या गरिरहेका छन्

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५