सुसाना र बुज्रुकहरु
नानकिङमा निर्दोष सुसानाहरु
परिस्थितिको कालो चक्रब्युमा परेर
प्राण पखेरु त्यागेको इतिहास
अझै मक्किसकेका छैनन्
इन्द्रेणीमा फर्फराईरहेको
रातो रंग
रजस्वला हुन अगाबै
छिन्न-भिन्न बनाईएको
अस्तित्वका दागहरु हुन्
अझै त्यो दागहरु
दिनानु- दिन बढिरहेका छन्/ घट्नुपर्ने हो
आदिम सताब्दीका
बुज्रुकहरु
बाटो कुरेर
'ब्लकमेल' गरि
बैंसको निर्जन जंगलमा
अस्तित्व लुट्थे
तर अहिले
सुसानाहरु
बैंसको बजारमा बेच्चिरहेका छन्
त कोहि
कर्कलाको पातबाट हाम फालेर
आत्महत्या गरिरहेका छन्
ट्यागहरू:
सहित्य
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
आत्मकल्याण छिन्छिन
कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४